राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्काशित भएका ढाकाकुमार श्रेष्ठले कोर टिमको खुलासा गरेका छन् । उनले पार्टीका केन्द्रीय सदस्य मोहनजंग थापामार्फत मन्त्री बनाउनका लागि तीन करोड मागिएको खुलासा गरेका हुन् ।
प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कोर टिमको खुलास गरेका हुन् । मोहनजंग थापा पार्टी सभापति रवि लामिछानेकै घरमा बस्ने गरेको र लामिछानेकी धर्मपत्नी निकिता पौडेलसँग पनि उनले तीन करोड दिए मन्त्रीका लागि लविङ गरिदिन्छु भनेको सुनाए ।
उनले आफूलाई पैसाको लागि पटक–पटक फोन आएको पनि सुनाए । ‘केन्द्रीय सदस्य मोहनजंग थापाले मन्त्री बन्नका लागि तीन करोड माग्नुभयो । उहाँमार्फत मसँग पैसा मागिएको हो,’– उनले भने ।
देशको कायपलट गर्ने नारा लगाउँदै आएका लामिछानेले अमेरिकामा बसेर ठगीको धन्दा चलाउँदै आएका थापालाई नै केन्द्रीय सदस्य बनाएका थिए । थापाविरुद्ध अमेरिकामा ५० बढी मुद्दा चलेको थियो । जसमध्ये अधिकांश मुद्दामा उनी दोषी ठहर भएका थिए । उनी फर्जी लाइसेन्स र परिचयपत्र बनाएकोमा दोषी ठहर भएर अमेरिकाको जेल परेका व्यक्ति समेत हुन् ।
थापाविरुद्धको नक्कली सवारी चालक परिचयपत्र (लाइसेन्स) र परिचयपत्र बनाएको जस्तो गम्भीर मुद्दा पनि लागेको थियो । उक्त प्रकरणमा २००२ अक्टोबरमा पक्राउ परेका थापा केही वर्ष जेल बसेर निस्किएका थिए ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं