विराटनगर । १० बर्ष लामो युद्ध गरी शान्ति प्रकृया मार्फत मुलधारको राजनीतिमा आएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले पछिल्लो पटक हिंसारहित युद्धको आवश्यकता औंल्याउँदै आएका छन् । पछिल्ला दिनहरुमा पटक पटक उनले फेरी युद्धको आवश्यकता रहेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले माजवादी मोर्चाको विराटनगरमा आयोजित कार्यक्रममा लाखौं जनता सडकमा उतार्ने उद्घोष गरेका हुन । उनले हिंसारहित युद्धको लागि लाखौं जनता सडकमा उतार्ने जानकारी दिए । प्रधानमन्त्री दाहालले भनेका छन्, हामीले नयाँ लडाइँ सुरु गर्दैछौं, हिंसावाला होइन, हतियार उठाउने पनि होइन, हामी हतियार विहीन युद्धको थालनी गर्दैछौं ।
यसो त प्रधानमन्त्री दाहाल कुनै न कुनै रुपमा चर्चामै रहन्छन् । चाहे माओवादी एकिकरणको कुराले होस या कम्यूनिष्ट पार्टी एकताका नाममा होस उनि आफुलाई नेपाली राजनीतिको केन्द्रमै राखिरहेका हुन्छन् । उनले वर्षौं जेलनेल भोगेर पार्टी खोलेका नेताहरू अहिले रक्षात्मक हुने अवस्था आएको बताए। उनले हावाहुरीमा आएका जस्ता पार्टीहरूका कारण पुराना पार्टीहरू रक्षात्मक हुने अवस्था आएको बताए। अहिले सामाजिक सञ्जाल हेर्ने हो भने हेरिसाध्य छैन।
प्रधानमन्त्री दाहालले भनेका छन्, हामीले नयाँ लडाइँ सुरु गर्दैछौं, हिंसावाला होइन, हतियार उठाउने पनि होइन, हामी हतियार विहीन युद्धको थालनी गर्दैछौं ।
टिकटिक एकछिन हेरौं भन्यो, एक्लै हेर्दा पनि लाज लाग्ने जस्तो। तर तिनैको संरक्षण नयाँ भनिएका दलहरूबाट हुँदैछ। हामीले जेलनेल भोगेकाहरू भने रक्षात्मक हुने अवस्था आएको छ,ु उनले भने। नेताहरूको एकअर्कालाई होच्याउने बानी बिग्रेकाले त्यस्तो बानी सुधार्नुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री दाहालले धरान घटना बारे बोल्दै सम्प्रादायिक मुठभेड निम्तिन नदिन आफूले धेरै मेहनत गरेको जानकारी गराए। धर्म निरपेक्षको लागि लडेको पूर्वी क्षेत्रमा जातीय तथा धार्मिक द्वन्द्व फैलाउन खोजिएको उनको आरोप छ। यो क्षेत्र धर्म निरपेक्षका लागि लडेको क्षेत्र हो। यही क्षेत्रमा धार्मिक अतिवाद, जातीय दंगा फैलाउन खोजियो।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं