नेपाली कांग्रेस केन्द्रीय समितिले बिपी कोइरालाको ११० औं जन्मजयन्तीका अवसरमा बिपी साहित्य महोत्सव सुरु गरेको छ। तीन दिन सम्म चल्ने महोत्सवको आइतबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन्। बिपी महोत्सवमा नेपाली कांग्रेसका नेता कार्यकर्ता देशभरबाट उपस्थित भएका छन् । कांग्रेसले यस महोत्सवले बिपीको विचारका बारेमा नयाँ पुस्ताले समेत जान्ने अवसर मिल्ने बताएको छ ।
आइतवार सभापति देउवाले पार्टी, बिपीको विचारमै अडिग रहेको र बिपीकै बाटोमा हिँडिरहेको दाबी गरेका छन् । ‘हाम्रो पार्टी बिपीले देखाएकै बाटोमा हिँडिरहेको छ,’ देउवाले भने, ‘मुलुकमा विस्तार भइरहेको समाजवादी अवधारणा बिपीकै चिन्तनमा आधारित छ।’
कार्यक्रममा सहभागी राजनीतिक विश्लेषकहरूले बिपीको पार्टी नेपाली कांग्रेसले पनि आलोचना र प्रश्न सुन्न छाड्दै गएको धारणा व्यक्त गरेका छन्। पार्टी महामन्त्री विश्वप्रकाश शर्माले अहिले दलहरू र नेतामा अंहकार हावी भएको बताएका छन् । शर्माले अहिलेको राजनीतिमा बिपीको विचारको थप औचित्य पुष्टि गर्दै बिपीसँग तुलना गर्न योग्य पात्र नेपाली राजनीतिमा आवश्यक रहेको जनाए ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं