पाेखरा । भुटानको पारो विमानस्थलबाट ३ जना यात्रु लिएर उडेको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भयो । बिहान ५ः५५ बजे उडेको ड्रुक एअरको जहाज ६ः४० मा पोखरामा ल्यान्ड भएको हो ।
सोही जहाज पोखरा विमानस्थलबाट जहाज ४२ अमेरिकी पर्यटक बोकेर ८ः१५ मा भुटानको थिम्पु फर्किएको विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले जानकारी दिए ।
‘भुटानबाट आएर पोखरा विमानस्थलमा अवतरण भएको ड्रुक एयरको विमानमा ३ जना यात्रु थिए, यहाँबाट ४२ जना गए । यो पोखरा अवतरण भएको पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान हो’, उनले भने ।
पोखरा विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णका अनुसार भुटानबाट चार्टर उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने राजश्व रकम नियमानुसार तिरेकाले यो नै पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान हो । नेपाल नगारिक उड्यन प्राधिकरणको नियम अनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रूपैयाँ र ग्राउन्ड ह्याण्डलिङको शुल्क ड्रुक एयरले तिरेको छ ।
भुटानबाट पोखरा आएका यात्रुहरुमा नेपाली, अमेरिकी र भियतनामी १-१ जना थिए। पोखराबाट भुटान जाने ४२ यात्रुमा अधिकांश अमेरिकी नागरिक छन् । क्यानेडियन र भारतीय पर्यटक पनि छन् । सगरमाथादेखि पोखरासम्म घुमेका तीन दर्जन बढी अमेरिकन पर्यटकले भुटान जानका लागि ड्रुक एयर चार्टर्ड गरेका हुन् । नेपालजस्तै पर्यटन गन्तव्य रहेको भुटान उनीहरुको रोजाईमा परेका हुन् । भुटानको एकमात्र पारो विमानस्थल भौगोलिक कारणले उडान अवतरणका लागि कठिन विमानस्थल हो ।
भुटानबाट पोखरा आएका पर्यटक र भुटान जाने पर्यटकलाई पोखरा पर्यटन परिषदले एयरपोर्टमा स्वागत र बिदाई गरेको थियो । ड्रुक एयर पोखरामा अवतरण हुने भएपछि स्वागतार्थ गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापा, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, मन्त्रालयका सचिव कुलमान गुरुङ लगायत पर्यटन व्यवसायी बिहानै विमानस्थल पुगेका थिए ।
संघीय पर्यटन मन्त्री सुदन किराँतीले भुटानबाट भएको यो उडान नेपाली उड्डयन क्षेत्रमा अर्को ईंटा थपिएको रुपमा आफूले लिएको उल्लेख गरेका छन् । उनले फेसबुकमा भिडियो अपलोड गरी उडान सफलतापूर्वक गरेकोमा हार्दिक स्वागत तथा बधाई पनि दिएका छन् । विमानस्थलका प्रमुख कर्णले पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानको लागि पहल भइरहेको जानकारी दिए।
यसअघि, ६ असारमा पोखरा विमानस्थलमा चीनको छेङ्दुबाट सिचुवान एयरलाइन्सको चार्टर्ड जहाज आएको थियो । आउँदा राष्ट्रिय सभाका अध्यक्षसहितका नेपाली टोली, चिनियाँ पर्यटक आएका थिए भने खाली फर्किएको थियो । चीनबाट पनि यही क्षमताको न्यारोबडी एयरबस–३१९ आएको हो ।
अंग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन (१७ पुस) मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच विमानस्थल उद्घाटन गरेका थिए । चीनको सहयोगमा निर्मित विमानस्थललाई चौबिसै घण्टा सञ्चालन गर्न सकिनेगरी पूर्वाधारको विकास गरिएको छ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं