नयाँ दिल्ली । शनिबार र आइतबार (सेप्टेम्बर ९ र १०) तारिखका दिन विश्वभरका शक्तिशाली नेताहरु दिल्लीमा रहने छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन, इटलीका प्रधानमन्त्री जांर्जियो मेलोनी, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, जापानका प्रधानमन्त्री फुमियो किशिदा, अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नाडिज दिल्ली आइपुगेका छन् ।
नयाँ दिल्लीमा शनिबारदेखि दुई दिन जी २० शिखर सम्मेलन आयोजना हुँदैछ। सम्मेलनमा विभिन्न देशका राष्ट्रप्रमुख एवं प्रतिनिधिहरू सहभागी हुँदैछन्। यस पटकको शिखर सम्मेलनमा अमेरिका, यूरोपियन युनियन सहितका देशहरु रुस युक्रेन युद्धको सन्दर्भ उठाएर जी-२० को मञ्चबाटै रुसलाई निशाना बनाउन खोजेको देखिन्छ । तर भारत रुसको विरोधमा जी-२० को मञ्च प्रयोग नहोस भन्ने मनसाय देखाउँदै आएको छ ।
रुस युक्रेन युद्धको विषयमा जी-२० का सदस्य राष्ट्रहरूबीच एकै खाले धारणा बनि नसक्दै आयोजक तथा अध्यक्ष देश भारतले भने घोषणापत्र तयार पारि सकेको जानकारी दिएको छ । शिखर सम्मेलनको पूर्वसन्ध्यामा नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतका तर्फबाट जी-२० मा नेगोसिएसनमा रहेका शेर्पा अमिताभ कान्तले घोषणापत्र तयार रहेको र नेताहरुबाट अनुमोदन हुन बाँकी रहेको जानकारी दिएका छन् ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ। जी २० शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आइपुगेका अमेरिकी राष्ट्रपति बाइडेनसँग शुक्रबार साँझ मोदीले प्रधानमन्त्री कार्यालयमा द्विपक्षीय भेटवार्ता गरेका हुन्।
उनीहरूबीच भारत र अमेरिकाबीचको द्विपक्षीय हितको विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको बीबीसीले जनाएको छ। भारतले शिखर सम्मेलनबाट ‘वसुधैव कुटुम्बकम’ अर्थात विश्व एक परिवार हो भन्ने सन्देश दिन चाहेको छ ।
भर्खरै
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
देशभरका नौ सडकखण्ड अवरुद्ध, एक सय ५९ एकतर्फी सञ्चालनमा
उपसभामुख विरुद्ध संसद्को राज्यव्यवस्थामा उजुरी
बजेटबारे सांसदको चर्को असन्तुष्टि
संसदीय छानबिन विशेष समितिले कार्यविधि बनायो
राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राष्ट्रपति एमहर्डबीच भेटवार्ता
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं