अमेरिका । संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ ३० गते अमेरिका आउँदै छन् । भदौ १९ गतेदेखि सुरू भएको, महासभाको ७८ औं सभालाई सम्बोधन गर्न प्रधानमन्त्री दाहाल अमेरिका आउन लागेका हुन् । प्रधानमन्त्री दाहालले असोज ४ गते नेपालका तर्फबाट सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालको टोलीमा २४ सदस्य छन् । टोलीमा निजी सचिवालयबाट १० जना छन् ।
प्रधानमन्त्रीको टोलीमा मुख्य सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिवहरू गंगा दाहाल, रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य, निजी फोटोग्राफर प्रदीपराज वन्त, निजी भिडिओग्राफर नवराज दाहाल, निजी डाक्टर युवराज शर्मा र तीन जना सुरक्षाकर्मी हुनेछन्।
प्रधानमन्त्री दाहाल दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिट लगायत अन्य महत्वपूर्ण एजेन्डा सहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुने तय भएको छ ।
यस्तै मुख्यसचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी पनि भ्रमण टोलीमा सहभागि हुने जानकारी दिइएको छ । यसैगरी परराष्ट्रमन्त्री एनपी साउद, उनका स्वकीय सचिव दीपक जोशी, परराष्ट्र सचिव भरतराज पौड्याल, सहसचिव सेवा लम्साल लगायत प्रतिनिधि भ्रमण दलमा रहने छन्।
अमेरिकामा रहँदा प्रधानमन्त्री दाहाल दीगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिट लगायत अन्य महत्वपूर्ण एजेन्डा सहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुने तय भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन आएका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रीभोजमा समेत प्रधानमन्त्री दाहाल सहभागी हुने कार्यक्रम छ । दाहालले विभिन्न देशका समकक्षी तथा प्रतिनिधि मण्डलसँग साइडलाइन भेटवार्ता समेत गर्नेछन्।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं