एसिया कप क्रिकेटमा भारतविरुद्ध खेलिरहेको नेपालले २३१ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १० विकेटको क्षतिमा ४८.२ ओभर खेल्दै २३० रन बनाएको हो । भारतले २३१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ थालेको छ। भारतसँगको खेलमा नेपालले सम्मानजनक स्कोर बनाएको हो।
श्रीलंकाको पाल्लेकेले मैदानमा टस हारेस नेपालले पहिला ब्याटिङ गरेको थियो । नेपालका लागि सर्वाधिक रन आसिफ शेखले बनाए । उनले ५८ रन बनाएका थिए भने सोमपाल कामीले ४८ रन बनाए । कुशल भुर्तेलले ३८ रन बनाए । गुलसन झाले २३ रन बनाए । अन्य ब्याटरले राम्रो स्कोर बनाउन सकेनन् ।
भारतका लागि रविन्द्र जडेजा र मोहम्मद सिराजले ३–३ विकेट लिए । पहिलो पटक एसिया कपमा सहभागिता जनाएको नेपालले खेलेको यो दोस्रो खेल हो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा नेपाली टोली आयोजक पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको थियो । उक्त खेल पाकिस्तानको मुल्तानमा खेलिएको थियो । पाकिस्तानले दिएको तीन सय ४३ रनको लक्ष्य पछ्याएको नेपाली टोली २३.४ ओभरमा एक सय चार रन बनाउँदै अलआउट भएको थियो ।
खेलमा जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ। वर्षाले खेल रद्द भए नेपाल आउट हुँदा भारत सुपर फोरमा पुग्नेछ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
सोमबार शक्तिशाली राष्ट्रप्रमुखका रुपमा ट्रम्पको ह्वाइट हाउस प्रवेश
रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीको आदेश
तिब्बत केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प, काठमाण्डौंमा ठूलो धक्का
विकास र समृद्धिको चाहनालाई पूरा गर्न बीआरआई महत्त्वपूर्ण : प्रधानमन्त्री ओली
शौच गर्न गएकी महिला बतात्कृत
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं