नेपालस्थित अमेरिकी दूतावासले नेपालका साँस्कृतिक महत्वका स्थानहरुको स्तर उन्नतीका लागि ४.५ मिलियन डलर सहयोग गरेको छ । अमेरिकी दूतावास काठमाण्डौंले सामाजिक संजाल मार्फत नेपालभरका २६ स्थानका साँस्कृतिक महत्वका स्थलहरुको संरक्षणका लागि आर्थिक सहयोग गरेको जानकारी दिएको छ ।
दूतावासले भनेको छ, विगत २० वर्षमा, अमेरिकी राजदूत सांस्कृतिक कोषले सुरूवाती परियोजनाहरू (हनुमानढोकाको काल भैरव, पाटनको अष्टभुज कृष्ण मन्दिर र मुस्ताङका गुम्बाहरू सहित) नेपालभरका २६ विभिन्न स्थलमा ४.५ मिलियन डलर सहयोग गरेको छ।
अमेरिका नेपाललाई आफ्नो अद्वितीय सांस्कृतिक सम्पदालाई आगामी पुस्ताका लागि संरक्षण गर्न सहयोग गर्न प्रतिबद्ध छ। तर, जीर्णोद्धार कार्यमा सहभागी स्थानीय कालिगढ़हरूको योगदान बिना सांस्कृतिक स्थलहरूको संरक्षण गर्न असम्भव हुने थियो। सांस्कृतिक संरक्षणमा हाम्रो सहकार्य हाम्रो ७६ वर्षको जीवन्त साझेदारीको प्रमाण हो१ यी सुन्दर स्थलहरू पुनर्स्थापना गर्न मद्दत गर्ने सबैलाई धन्यवाद ।

भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं