आइतबार, १७ भाद्र २०८०
काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भ्यान होलेनले राजनीतिक भेटघाटलाई तिव्र पारेका छन् । सिनेटर क्रिसले भेटका क्रममा नेपालमा एमसीसी कार्यन्वयमा आएको खुसी समेत व्यक्त गरेका छन । यसैक्रममा उनले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् । भेटका क्रममा सिनेटर होलेनले नेपालको शान्ति प्रक्रियाका विषयमा चासो व्यक्त गरेका छन्। ओलीसँगको भेटका क्रममा नेपालको शान्ति प्रक्रिया कसरी अघि बढ्छ र निष्कर्षमा पुग्छ भन्ने विषयमा चासो व्यक्त गरेका हुन्।
दुई जनाका बीच अमेरिका र नेपालका नागरिकबीचको सम्बन्ध सुदृढ गर्ने बिषयमा समेत कुराकानी भएको बताइन्छ। अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालन सम्बन्धी विनियोजन उपसमितिका सदस्य समेत रहेका सिनेटर होलेन शुक्रबारदेखी नेपालमा छन् ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं