अमेरिका । अमेरिकाको फलोरिडा राज्यमा शनिवार दिउसो करिव १ बजे अन्धाधुन्ध गोली चलाउँदा तीन जना अश्वेत अमेरिकन नागरिकको मृत्यु भएको छ । फलोरिडा राज्यको ज्याक्शनभिल स्थित डलर जनरल नामक पसलमा एक श्वेत युवकले अन्धाधुन्ध गोली चलाउँदा तीनजना अश्वेत अमेरिकी नागरिकको मृत्यु भएको छ ।
शनिवार अपरान्ह भएको घटनालाई जातिय शंज्ञा दिईएको छ । अन्धाधुन्ध गोली चलाउने २० बर्षका डेभिड कज नामक श्वेत युवक, क्ले काउन्टी साउथ ज्याक्सन भिलमा बस्दै आएका थिए । उनि एउटा फुलबल प्रतियोगितामा भाग लिन त्यहाँ पुगेका थिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, अन्धाधुन्ध गोली चलाउने ति युवाले अश्वेतहरुलाईनै निशाना गरेका थिए । भने उनिबाट प्रहरीले अश्वेतहरुलाई घृणा गर्ने गरेका कागजातहरु समेत फेला पारेको छ ।
सन् २०२३ मा मात्रै कम्तीमा ४ सय ७० यस्तै प्रकृतीका मास सुटहरु भएका छन् । पछिल्ला दुई दिनमा ओक्लोहामा र अर्को एक राज्यमा पनि यस्तै प्रकतीका घटना भएका थिए ।
ज्याक्शन भिलका प्रहरी अधिकारीका अनुसार गोली चलाउनेका बारेमा थप अनुसन्धान भईरहेको छ । ज्याक्शन भिलका प्रहरी टिके वाटर्सका भन्छन्, गोली चलाउने युवक र घटनाको प्रकृती हेर्दा अश्वेतहरुलाई निशाना बनाएको देखिन्छ ।
घटनामा मृत्यु हुने मध्ये दुई पुरुष र एक महिला छन् । उनिहरु सबै अश्वेत अमेरिकन नागरिक थिए । सीएनएन लेख्छ, सन् २०२३ मा मात्रै कम्तीमा ४ सय ७० यस्तै प्रकृतीका मास सुटहरु भएका छन् । पछिल्ला दुई दिनमा ओक्लोहामा र अर्को एक राज्यमा पनि यस्तै प्रकतीका घटना भएका थिए । अमेरिकामा यस प्रकृतिका घटना प्राय सप्ताहन्त, खेल प्रतियोगितामा बढी हुने गरेका छन् ।
भर्खरै
नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ११ देशका ३५ चलचित्र
अहिले चल्न थाल्यो फेसबुक, केही घण्टा समस्या देखियो
अमेरिकाको ओहायोमा श्रीमति हत्या अभियोगमा पक्राउ परे एक नेपालीभाषी भुटानी
अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर नेपालमा
लङ्गआइल्याण्ड नेपाली समाजको अध्यक्षमा गौली निर्वाचित
रहेनन्, सामाजिक अभियान्ता मैनाली, नेपाली समाज स्तब्ध
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं