काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासन कायम राख्न अब्बल रहेको दावी गरेका छन् । प्रधानमन्त्री दाहालले वीरगन्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सरकारले नागरिकता विधेयक, मिटरब्याज पीडित, विद्युत व्यापार, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी,ललिता निवास प्रकरण लगायतका क्षेत्रमा अदभूत काम भएको जिकिरे समेत गरेका छन ।
प्रधानमन्त्री दाहालले गुनासो गर्दै भने, मेरो नेतृत्वको सरकारले यति धेरै राम्रा काम गरेको छ, तर जस दिँदैनन् । प्रधानमन्त्रीले सरकारले गरेका कामबारे खुलेर प्रशंसा गर्न मानिसहरू डराउने गरेको भन्दै गुनासो पोखे । प्रचण्ड अगाडि थप्छन्, माओवादी वा मेरो हाइट बढ्छ कि भनेर मान्छेहरु डराउने गरेको छन ।
प्रधानमन्त्रीले सरकारले गरेका कामबारे खुलेर प्रशंसा गर्न मानिसहरू डराउने गरेको भन्दै गुनासो पोखे । प्रचण्ड अगाडि थप्छन्, माओवादी वा मेरो हाइट बढ्छ कि भनेर मान्छेहरु डराउने गरेको छन ।
उनले गठबन्धनकै नेतृत्वमा देशमा धेरै राम्रा काम भईरहेको र उल्लेख्य काम गर्ने दावी समेत गरेका छन् । प्रधानमन्त्री दाहालले आफू गम्भीर भएर नै तस्करीको ६० किलो सुन बरामद गरेको दावी गरेका छन् । भाषणमा केही भावुक बनेका प्रधानमन्त्रीले भने, मलाई अब राम्रो बाहेक केही गर्नु छैन । जीवनको उत्तरार्द्धमा राम्रो काम गरेर नेपाली जनताले सम्झन लायक काम गर्ने विचार छ, उनले भने, अब ढुक्कसँग मर्ने मात्रै रहर छ । प्रधानमन्त्री दाहालले सबैको सहयोग आवश्यक रहेको जानकारी दिएका छन् ।
भर्खरै
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनसम्म देशव्यापी राजनीतिक अभियान चलाउने
‘मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए’ – शर्मा
प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी: सरकार तलमाथि हुनसक्छ
विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन नमिल्ने एमालेको निष्कर्ष
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं