अध्यागमन विभागका महानिर्देशक अधिकारीको सुन तस्करहरुसँग लगानी रहेको आशंका

सुन तस्करी काण्ड

अध्यागमन विभागका महानिर्देशक अधिकारीको सुन तस्करहरुसँग लगानी रहेको आशंका

महानिर्देशक अधिकारीले गरे, खण्डन

Jhalak Ram Adhikari

काठमाडौं, ८ भदौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको ६० किलो सुन तस्करीमा संलग्न रहेका दावा छिरिङसँग सम्पर्क रहेको भेटिएपछि उनलाई सरुवा गरिएको छ । महानिर्देशक अधिकारीको सुन तस्कर दावासँगका केही तथ्यहरू भेटिएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले अधिकारीलाई मन्त्रालय तानेर छानविन थालेका छन् । उनलाई हाल मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पनि दावाको कल डिटेल्सको आधारमा अधिकारीलाई विशेष निगरानीमा राखेर अनुसन्धान अघि बढाइरहेको बताइएको छ ।

निजामती क्षेत्रमा शक्तिशाली सहसचिवको रूपमा चिनिने अधिकारीको सत्तानिकट विभिन्न शक्तिकेन्द्रसँग उनको नियमित उठबस हुने गरेको स्रोतको दाबी छ । अधिकारी अध्यागमन विभागको महानिर्देशक हुनुअघि राजस्व अनुसन्धान विभागमा पाँच महिना महानिर्देशकको रूपमा कार्यरत थिए ।

राजस्व अनुसन्धान विभागबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आएका उनको एकै पटक गृहमन्त्रालयमा सरुवा भएको थियो । गृहमा सरुवा भएलगत्तै उनि गृहअन्तर्गत रहेको र अत्यन्तै संवेदनशील मानिएको अध्यागमन विभागको महानिर्देशक बनेका थिए । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेको अवस्थामा गत फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनाएर पठाइएको थियो ।

अधिकारीको सुन तस्कर दावाको सहयोगमा काठमाडौं, पोखरा र भारतका विभिन्न स्थानमा रहेका होटलहरूमा लगानी गरेको दाबी गरिन्छ ।स्रोतका अनुसार राजस्व अनुसन्धान विभागमा हुँदा अधिकारीले भारतीय सीमा नाकाबाट आउने विभिन्न तस्करीका सामानहरू छुटाउन महत्वपूर्ण भूमिका खेलेको थिए ।

अधिकारी र दावा छिरिङ बीच वीच्याटमा कुराकानी भएको र त्यस कुराकानीमा विभिन्न डिलहरू भएको तथ्यहरू सार्वजनिक भइसकेका छन् ।सोही तथ्यका आधारमा सीआईबीले अधिकारीमाथि छानबिन गरिरहेको छ । अधिकारी र दावा बीचको संवाद हेर्दा सुन तस्करी योजनाबद्ध रूपमा नै भएको देखिएको छ ।

सीआईबीले फेला पारेको तथ्यअनुसार महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदान प्रदानको कुराकानी मात्रै भएको छैन, ठुलो व्यवसाय सञ्चालन गर्ने गरी कुरा भएको बताइन्छ । सुन तस्करीको छानबिन गर्ने क्रममा ती मेसिनहरू बरामद भएको थियो ।

सीआईबीले फेला पारेको तथ्यअनुसार महानिर्देशक अधिकारी र दावाबीच पानी तान्ने मोटर, त्यसको प्याकेजिङ आयात र आदान प्रदानको कुराकानी मात्रै भएको छैन, ठुलो व्यवसाय सञ्चालन गर्ने गरी कुरा भएको बताइन्छ । सुन तस्करीको छानबिन गर्ने क्रममा ती मेसिनहरू बरामद भएको थियो । स्रोतका अनुसार सीआईबीसँग फेला परेको प्रमाणमा महानिर्देशक अधिकारीलाई दावाले पानी तान्ने मोटरमा सुन आएको भन्दै सहजीकरणका लागि अनुरोध गरेको समेत भेटिएको थियो ।

महानिर्देशक अधिकारीले गरे, खण्डन

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले अनाहकमा सुन प्रकरणमा नाम जोडेर बद्नाम गर्न खोजिएको बताएका छन । सुन प्रकरण बारे विषयको बास्तविकतालाई नबुझेर प्रतिशोध साँधेर विभिन्न सञ्चार माध्यमले शंकाको भरमा बदनाम गर्न खोजेको महानिर्देशक अधिकारीले बताए। उनले भने, ३/४ बर्ष पहिले भएको सामान्य फोन सम्पर्कलाई लिएर म माथी षड्यन्त्रपुर्ण ढंगबाट मिडियाबाजी गर्न खोजियो । कोही व्यक्तिसँग सम्पर्क हुँदैमा र केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भनेर प्रचार बाजी गरिनु र समाचार लेखेर भ्रमित पार्नु गलत हो, अधिकारीले भनेका छन् ।

यस्तै दावा छिरिङसँग २०७७ सालमा भएको सामान्य कुराकानी पछि मेरो कुनै सम्पर्क भएको छैन, मेरो कल डिटेल हेर्न सकिन्छ । यसरी विषयको वास्तविकता नबुझेर कसैको व्यक्तिगत प्रतिष्ठामा आँच आउने गरी भ्रमपुर्ण ढंगबाट प्रचारबाजी र समाचार सम्प्रेषन गर्नु गलत हो । सुन प्रकरणमा अध्यागमन विभागका महानिर्देशक र सुन तस्कर दावाबीच गहिरो कनेक्सन’ भन्ने शिर्षकमा सञ्चार माध्यमले समाचार प्रकाशन पछि महानिर्देशक अधिकारीले उक्त समाचारको खण्डन गरेका हुन ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार पार गरेर बाहिर आएको ६० किलो सुन प्रकरण बारे अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी अनुसन्धान गरिरहेको छ । श्रोत : बिभिन्न संचारमाध्यममा प्रकाशित समाचार ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀