उपमहासचिवमा सिटौलाको उम्मेदवारी

उपमहासचिवमा सिटौलाको उम्मेदवारी

Pramod sitaula

अमेरिका । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सचिव प्रमोद सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् । संचारमाध्यम मार्फत जानकारी गराउँदै, सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन ।

सिटौलाले स्मार्ट एनआरएनए अवधारणालाई सफल बनाउन आफु उपमहासचिव पदको उम्मेदवार रहेको बताएका छन् । न्यूजपालीसँग कुराकानी गर्दै सिटौलाले भने, म अहिले सचिव छु, मलाई एनआरएनए अभियान, संस्थाको सचिवालय र विश्वभर रहेका प्रवासी नेपालीहरुको अवस्था बारेमा राम्रो जानकार छु, यसैले मैले उपमहासचिव पदमा उम्मेदवारी दिँदैछु । उनले एनआरएनए अभियानका अभियान्ताहरुबाट पूर्ण सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।

म अहिले सचिव छु, मलाई एनआरएनए अभियान, संस्थाको सचिवालय र विश्वभर रहेका प्रवासी नेपालीहरुको अवस्था बारेमा राम्रो जानकार छु, यसैले मैले उपमहासचिव पदमा उम्मेदवारी दिँदैछु ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था जनसम्पर्क समितिमा लामो समेदेखी बिभिन्न पदमा रहेर काम गरिसकेका सिटौला, संस्थालाई बुझेका व्यक्तिमा पर्दछन् । उनको विश्वभर रहेका एनआरएन अभियान्ताहरुसँग राम्रो सम्पर्क सम्वन्ध समेत छ । उनि स्पष्ट वक्ताका रुपमा समेत परिचित छन् ।

उनि बद्रि केसी समुहका उम्मेदवार हुन् । पहिले महेश श्रेष्ठको समुहबाटै उपमहासचिवमा रहने भनिएपनि श्रेष्ठको टिममा तीनजना आकांक्षी र एकजना स्वतन्त्र गरी चार जनासँग प्रतिस्पर्धा हुने देखिएपछि सिटौलाले केसी समुहबाट आफ्नो टिकट पक्का गरेका हुन् ।

झापा कनकाई नगरपालिका वडा नम्वर १ स्थायी घर भएका सिटौला विगत २० बर्षदेखी अमेरिकामा छन् । उनको अमेरिकाको मिजौरी राज्यमा आफ्नै व्यवसाय छ । वर्तमान कार्यसमितिका सचिव सिटौला नेपाली कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि, झापाली समाजका पूर्वउपाध्यक्ष तथा हालका सल्लाहकार, एनआरएनए अमेरिकाको डेलिगेट छनौट समिति लगायत बिभिन्न संघ सस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀