पोखरा । काठमाडौँबाट पोखरा हुँदै बेनीका लागी छुटेको बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्यु भएको छ। प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी स्थित छहरा नजिकबाट त्रिशूलीमा खसेको हो।
बुधबार बिहान सवा ११ बजे भएको दुर्घटनामा परी ८ जनाको मृत्यु भएको धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। उनीहरुको सनाखत हुन बाँकी रहेको छ। चार जनाको सनाखत भएको छ ।
सनाखत हुनेमा म्याग्दी रघुगंगा–३ का ५० वर्षीय थानबहादुर भण्डारी, पर्वत मोदी–१ की १५ वर्षीय कृतिका शर्मा पौडेल, धादिङ गजुरी–८ का अन्दाजी २० वर्षीय सुशील रम्तेल र कास्की फुलबारी–११ का अन्दाजी २४ वर्षीय सुमन थापा छन् ।
बसमा कति यात्रु थिए भन्ने यकीन भएको छैन। उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ। बस नदीमा खसेको हुँदा केही बगेको र केही यात्रु बसमै च्यापिएको हुनसक्ने प्रहरीको अनुमान छ । नदीमा पानीको बहाव बढेकाले उद्धारमा कठिनाइ भइरहेको पनि बताइएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन्। बस अनियन्त्रित भएर त्रिशूलीमा खसेको हुने सक्ने प्रहरीको अनुमान छ।
भर्खरै
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनसम्म देशव्यापी राजनीतिक अभियान चलाउने
विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन नमिल्ने एमालेको निष्कर्ष
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं