पोखरा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको कारवाही मुद्धामा आफु स्पष्ट रहेको बताएका छन् । पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै गृहमन्त्री श्रेष्ठले भने, भ्रष्टाचार विरुद्धको अभियान रोकिन्न्, निर्दोष मान्छे फस्दैन अनि दोषी र अपराधीलाई छोडिन्न् । अपराध गर्नेलाई अनुसन्धान गरेर तथ्य प्रमाणका आधारमा दण्डित गरिने उनको भनाई छ ।
गृहमन्त्री श्रेष्ठले वर्तमान सरकार र सरकारले चालेको सुशासनको अभियान दुबैले निरन्तरता पाउने जिकिर गरेका छन् । ‘भ्रष्टाचार, ठगी, अपराधलगायत हुँदा टुलुटुलु हेरेर नबस्ने बताउँदै उनले भने,‘सरकारको निरन्तरता र पूर्वयथास्थिति बिरुद्धको अभियानपनि निरन्तर अगाडि बढ्छ । यो गठबन्धनको सरकारपनि निरन्तर अगाडि बढ्छ । र भ्रष्टाचारबिरुद्धको सुशासन अभियानपनि निरन्तर अगाडि बढ्छ ।’
गृहमन्त्री श्रेष्ठले मिटरव्याज सामन्तवादको निकृष्ट अवशेष भएकाले यसको समूल अन्त्य गरेरै छाड्ने उद्घोष गरेका छन् । जनतासँग माओवादी अभियान अन्तर्गतको कार्यक्रममा सहभागि हुन पोखरा आएका श्रेष्ठसँग प्रेस सेन्टर कास्कीको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले मिटरव्याजी शोषण अन्त्य गरेर पीडितलाई न्याय दिईने बताएका हुन् ।
गृहमन्त्री श्रेष्ठले मिटरव्याज सामन्तवादको निकृष्ट अवशेष भएकाले यसको समूल अन्त्य गरेरै छाड्ने उद्घोष गरेका छन् ।
‘मिटर व्याजको अन्त्य गर्नुपर्छ । मिटरव्याजी शोषणलाई अन्त्य गर्नुपर्छ । पीडितहरुलाई न्याय दिनुपर्छ’–माओवादी पार्टीको कार्यक्रमपछि पत्रकारसँग बोल्दै गरेका श्रेष्ठले भने मिटरव्याजबाट पीडितलाई न्याय दिलाउन जिल्लामा सिडिओको नेतृत्वमा सम्बन्धित कार्यालय प्रमुख र पीडितका प्रतिनिधि राखेर सहजीकरण समिति बनाएको छु र त्यसले हजारौंलाई न्याय पनि दिलाईसकेको छ ।
उपप्रधानमन्त्री समेत रहेका गृहमन्त्री श्रेष्ठले थप प्रष्ट पार्दै भने, समिति मार्फत हजारौंको लालपूर्जा न्यायपूर्वक फिर्ता भएका छन् । तमसुकहरु च्यातिएका छन् । जसले लगानी गरेका थिए र त्यो रकम फिर्ता पाएका थिएनन् भने १० प्रतिशत व्याजले जोडेर तिराउने कामपनि भइरहेको छ ।’
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं