अमेरिका । अमेरिकाको वाशिंटन डिसीमा रहेको नेपाली दूतावासले सेप्टेम्बर २ देखि ५ सम्म कोलोराडोमा कन्सुलर सेवा दिने भएको छ । कोलोराडो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई लक्षित गरी राहदानी नविकरणको सेवा प्रदान गर्ने जानकारी दिईएको छ । दूतावासले सेवा लिनका लागि अनलाइन आवेदन फारम भरेर निवेदन लिएर आउन अनुरोध गरेको छ ।
दूतावासका अनुसार Drury Inn and Suites, 10393 Reed Street, Westminster 80021 मा विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कन्सुलर सेवा प्रदान गरिनेछ । दूतावासले दिएको जानकारी अनुसार विद्युतीय राहदानी नविकरणका लागि फारम भर्न र अप्वाइन्टमेन्ट लिन आफ्नो कम्प्युटर, ल्यापटप वा मोबाईलको मिति र टाइमजोन काठमाडौंको सेटअप गर्नुपर्नेछ । त्यसपछि नियमित वेवसाइटमा गएर फारम भर्नुपर्नेछ ।
विद्युतीय राहदानीका लागि शिविरमा आउँदा सक्कल नागरिकता र नागरिकताको प्रतिलिपि, नाबालकको हकमा नाबालक परिचयपत्र तथा बाबु र आमाको नागरिकताको प्रतिलिपि, सक्कल राहदानी र र राहदानीको प्रतिलिपि, बायोमेट्रिकका लागि रीतपूर्वक अनलाईन फाराम भरी बारकोड सहितको प्रिन्टआउट प्रति ल्याउन सुझाव दिइएको छ ।
तलको लिङकमा क्लिक गरेर फारम भर्नुहोस ।
https://emrtds.nepalpassport.gov.np/
भर्खरै
अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना, अध्यक्षमा खनाल
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं