नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालले भनेको नमान्दा ३९ किलो सुन घटेको बताएका छन् । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘हामीले उच्चस्तरीय छानविन समिति गठन गर्न माग गरेका थियौं, सत्तापक्षले त्यो कुरा नसुन्दा सुनको तौलनै घट्यो’।
काठमाडौंमा आयोजित वर्तमान आर्थिक अवस्था, समस्या र समाधान छलफल कार्यक्रममा ओलीले सुन तस्करी प्रकरणमा छानविन आयोग गर्न गर्नुपर्ने मागलाई अस्वीकार गरेर सुनको तौल घटेको उनको जिकिर छ । अध्यक्ष ओलीले विमानस्थलबाट किलोका किलो सुन तस्करी हुँदा सडकमार्गबाट त्योभन्दा पनि बढि सुन तस्करी भएको हुनसक्ने आशंका समेत गरेका छन् । उनले सुन तस्करीमा अरवौंको लगानी गर्ने व्यक्तिलाई लुकाउन उच्चस्तरीय छानविन समिति गठन गर्न नदिएको आरोप लगाएका छन् । ओलीले जिकिर गर्दै भने, कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेर अरुलाई तर्साउन खोजिएको थियो ।
अध्यक्ष ओलीले सांसदलाई न पक्राउ पूर्जी छ, कुनै आरोप स्थापित छ, स्वच्छाचारी ढंगले पक्राउ गरिएको भन्दै नेपाली कांग्रेसका सांसद सुनिल शर्माको बचाउ गरे । ओलीले अघि थप्दै भने, शर्माको केस त सिटिङ एमपीलाई समातेर सरकारले दुनियाँलाई तर्साउने खोजेको मात्रै थियो ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं