काठमाण्डौं
प्रधानमन्त्री पुष्पकमल दाहालले सुन प्रकरणमा जोडिएका पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुुसन्धान अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री दाहालले पूर्वसभामुख महरा र उनका छोरा राहुल महराको नाम सुन प्रकरणमा जोडिएकाले अभियोजन अघि बढ्ने जानकारी दिएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानमा पूर्वसभामुख महरा र उनका छोराको पटक-पटक फोन सम्पर्क भएको देखिन्छ । प्रहरीको प्रतिवेदनमा उक्त कुरा उल्लेख भए पनि महरालाई मुद्दा चलाइएको छैन् । सुन प्रकरणमा महराको नाम जोडिएसँगै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालमाथि दबाब छ ।
तर राष्ट्रिय मिडियाले फ्रन्ट पेजमै नाम र सुन प्रकरणमा जोडिएकाहरुसँग सम्पर्क भएको समाचार लेख्दा समेत प्रहरीले उनीहरुलाई सामान्य सोधपुछका लागि समेत बोलाएको छैन् । प्रधानमन्त्री दाहालका अनुसार बिद्युतीय चुरोट (भेप)मा ल्याइएको नौ किलो तथा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरा माथिको अभियोजन अघि बढ्नेछ ।
बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै दाहालले भने, सायद अब अभियोजन अघि बढ्छ । प्रधानमन्त्री दाहालले सुन प्रकरणका बारेमा गृहमन्त्रीसहित सीआईबीसँग पनि जानकारी लिईरहेको जानकारी दिएका छन् । प्रतिवेदनमा महराको नाम कसरी आयो र नाम आएपछि किन अभियोजन गरिएन भनेर प्रहरीलाई आफूले सोधेको उल्लेख गरेका छन् ।
भर्खरै
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशनसम्म देशव्यापी राजनीतिक अभियान चलाउने
‘मनमोहनबाहेक नेपालका सबै कम्युनिस्ट प्रधानमन्त्रीले असुली धन्दा चलाए’ – शर्मा
प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी: सरकार तलमाथि हुनसक्छ
विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किन नमिल्ने एमालेको निष्कर्ष
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं