काठमाण्डौं
नेपाली कांग्रेसको संसदीय दलको बैठकमा बोल्ने सांसदहरूले गम्भीर भएर सुन प्रकरणमा उच्चस्तरीय छानबिन आवश्यक रहेको बताएका छन् । बैठकमा सहभागि भएर बोल्ने सांसदहरुले क्विन्टल सुन प्रकरणले नेपाल सुन तस्करीको ठूलो अखडा भइसकेको प्रष्ट हुने भन्दै क्विन्टल सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने धारणा राखेका छन् ।
कोइराला समूहका नेताहरूले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति उपयुक्त हुनेमा जोड दिँदै आएका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको आइतबार बसेको बैठकमा केही सांसदहरुले सुन प्रकरणबारे मत बाझिने धारणा समेत राखेको बताइन्छ । पार्टी सभापति शेरबहादुर देउवाले सुन प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई साथ दिँदै आएका छन् । जारी बैठकमा पार्टी सभापति देउवा र दलका पदाधिकारीहरूले भने अहिले सम्म धारणा राखेका छैनन् ।
एमालेले समितिनै बनाएर छानबिन हुनुपर्ने माग गर्दै संसद् चल्न नदिने अडानमा अडिग छ । सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहालले उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभए कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिन तयार हुनुपर्ने चेतावनी समेत दिएको बताइन्छ । बैठकमा कांग्रेस नेता शेखर कोइरालाले नेपाललाई सुन तस्करीको अखडाबाट मुक्त गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुको विकल्प नभएको बताए ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं