काठमाडौं
संसदीय दलको बैठक अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भावी रणनीतिका बारेमा छलफल गरेका छन्। धुम्बाराहीस्थित निवासमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्का र दुई महामन्त्रीसँग आन्तरिक छलफल गरेका हुन्।
बैठकमा प्रमुख सचेतक रमेश लेखकलगायत केही शिर्ष नेताहरु सहभागी रहेका थिए। सभापति देउवाले शुक्रबार दिउँसो संसदीय दलको बैठक बोलाएका छन्। नेताहरूबीच सुन तस्करी, नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण र सरकारका पछिल्ला काम कारबाहीबारे समेत छलफल भएको जानकारी दिईएको छ ।
संसदीय दलको बैठकमा उल्लेखित बिषयहरुमा छलफल हुने जानकारी दिईएको छ । तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले जेलमा छन्। शुक्रबारको बैठकमा खाँणका बिषयमा समेत छलफल हुने स्रोतको भनार्इ छ। यद्यपि नेपाली कांग्रेसभित्र खाँणलाई कारबाही गर्ने वा नगर्नेबारे प्रष्ट दुई धार छ।
यसैगरी प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले पक्राउ गरेका कांग्रेसका सांसद सुनिल शर्माका विषयमा समेत संसदीय दलको बैठकमा छलफल हुने छ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं