काठमाडौं
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । पछिल्लो राजनीतिक घटना क्रम र पार्टीमा उठेका सबालहरुका बिषयमा छलफल भएको जानकार दिइएको छ । यति बेला यि दुई नेता भेटिएको तस्विर सामाजिक संजालमा भाईरल भईरहेको छ । दुवै नेताहरुका बीच नक्सालस्थित एक होटलमा भेटघाट भएको बताइन्छ ।
श्रोतका अनुसार दुवै नेताहरुका बीचमा फाटो ल्याउने प्रयत्न हुँदै गरेको, पार्टी सुधारका लागि छलफल गर्नुपर्ने र आगामी दिनको कार्य योजनका लागि समेत भेटघाट गर्नु परेको दुवै नेताले प्रतिकृया दिएका छन् । छलफलका क्रममा दुवै नेताहरुले आफुहरुका बीचमा प्रतिस्पर्धा जस्तो देखाइएको तर दुवैका बीचमा कुनै प्रतिस्पर्धा नरहेको जानकारी एक अर्कालाई गराएका छन् । छलफलपछि पार्टीभित्रका समस्या समाधान गर्न एक भएर जाने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
१४औं महाधिवेशनबाट सुरू भएको सहकार्यको अपरिहार्यता अझै बढेको, भेटघाट र छलफललाई तिव्रता दिनुपर्ने महशुस गरेर छलफल भएको जनाएका छन् ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं