माओवादीले ‘जनतासँग रूपान्तरण अभियान’ चलाउने

माओवादीले ‘जनतासँग रूपान्तरण अभियान’ चलाउने

माओवादीले पुनः देशको पूर्ण नेतृत्व गर्ने निश्कर्ष

prachand ccm

काठमाण्डौं

नेकपा माओवादीले देशैभरी विशेष अभियान चलाउने भएको छ । नेकपा माओवादीको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले अभियानका क्रममा देशभित्रका प्रत्येक घर परिवारलाई भेट्न र कुनै पनि घर नछाड्न केन्द्रीय सदस्यलाई निर्देशन समेत दिएका छन् ।

यस अभियानमा सात प्रदेशका सात वडामा अध्यक्ष दाहाल समेत पुग्ने माओवादीले जानकारी दिएको छ । अभियानमा पार्टीका सबै नेता तथा कार्यकर्ता कार्यक्षेत्रमा खटिनुपर्ने निर्देशन दिईएको छ । जनतासँग एकाकार भएको खण्डमा माओवादीले पुनः देशको पूर्ण नेतृत्व गर्ने निश्कर्ष सहित माओवादीले यस्तो अभियान संचालन गर्ने निर्णय भएको बताइन्छ ।

बैठक बारे जानकारी दिँदै पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय समितिले विभिन्न २५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको जानकारी दिएका छन् । महराले समाजवादी क्रान्तिको अभियान शुरू भएको उल्लेख गर्दै भनेले हामीले ‘जनतासँग माओवादी विशेष रूपान्तरणका लागि अभियान’ सञ्चालन गर्न लागेका हौं । महराका अनुसार अभियानको आगामी भदौ १६ गते उद्घाटन हुनेछ। अभियानमा जनताका घरघरमा जाने र जनताको गुनासो सुन्ने र पार्टीमा केन्द्रित गरिने छ । यही साउन १७ गतेदेखि शुरू भएको बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्ने कार्यतालिका छ ।

बैठकले केन्द्रीय समितिलाई ४०९ सदस्यीय बनाएको छ । यस्तै केन्द्रीय समितिमा ३५ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरिएको छ । बैठकमा ३८७ पूर्ण र १९६ वैकल्पिक केन्द्रीय सदस्य, अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य ४१ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका ९० पदाधिकारीको सहभागिता थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
29 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 29 Jul 2025 01:00 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.67
Indian Rupee 
Indian Rupee
86.63
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
148.47
US Dollar 
US Dollar
1
29 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 29 Jul 2025 01:00 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀