काठमाण्डौं
नेकपा एमालेले सुन तस्करी प्रकरणको छानविनको माग गर्दै लगातार संसद अवरोध गरिरहेको छ । बुधबार प्रतिनिधि सभाको बैठक शुरू हुने बित्तिकै एमाले सांसदहरुले विरोध जनाएका हुन्। एमालेले १ सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गर्दै संसदमा बिरोध जनाउँदै आएको छ ।
सभामुख देवराज घिमिरले प्रतिनिधि सभाको बैठक सञ्चालन गर्न खोजेपछि एमाले सांसदहरुले रोस्टम घेराउ गरेका थिए । एमाले सांसदहरुले नाराबाजी गर्न थालेपछि सभामुख घिमिरले बैठक स्थगन भएको घोषणा गरे। अब प्रतिनिधि सभाको अर्को बैठक साउन २६ गते दिउँसो १ बजेका लागि बोलाइएको छ।
यता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान गरिरहेकाले उच्चस्तरीय छानबिन समिति आवश्यक नपर्ने सरकारको भनाई छ। हङकङबाट आएको करीब १०० किलो सुन साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँच पास भएर निस्केपछि राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानका क्रममा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन्। विभागले थप अनुसन्धानको जिम्मा सीआईबीलाईनै दिएको छ।
भर्खरै
रविका नाममा पृथ्वीभरिका मान्छेले हस्ताक्षर गरेपनि अदालतको आदेश बदलिन्न: सूर्य थापा
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सरकार परिवर्तनको खेलमा म लागेको छैन, अन्य दलका नेतासँग यसबारे छलफल पनि भएको छैन : शेखर कोइराला
उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउन कांग्रेस सहमत छ : सभापति देउवा
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं