वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने श्रमिक परिवारलाई १० लाख क्षतिपूर्ती

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने श्रमिक परिवारलाई १० लाख क्षतिपूर्ती

यसअघि विदेशमा श्रम गर्दा ज्यान गुमाएका परिवारलाई सात लाख रुपैयाँ प्रदान गरिंदै आइएको थियो

labour-ministry of nepal

काठमाण्डौं

नेपाल सरकारले रोजगारीका क्रममा बिदेशमा ज्यान गुमाउने श्रमिक परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ। श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन यस्तो जानकारी दिएको हो । वैदेशिक रोजगार व्यवस्थापनका विषयमा जानकारी दिँदै मन्त्रालयका सहसचिव राजीव पोखरेलले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने विषयमा कार्यपत्र प्रस्तुत गर्दै -‘वैदेशिक रोजगार बोर्ड मार्फत श्रमिकले पाउने सेवासुविधामा वृद्धि भएको बताए’ । पोखरेलले भने “विदेशमा कामदारको मृत्यु भएकामा परिवारलाई दिने रकम १० लाख पुर्‍याइनेछ,” ।

यसअघि सरकारबाट विदेशमा श्रम गर्दा ज्यान गुमाएका परिवारलाई सात लाख रुपैयाँ प्रदान गरिंदै आइएको थियो । त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केर आउने श्रमिकको स्वास्थ्य परीक्षण गरिने, विभिन्न देशमा मनोसामाजिक परामर्श एवं स्वास्थ्य परीक्षण क्याम्प मार्फत सेवा प्रवाह गरिने, ठगी नियन्त्रणमा अधिकार प्रत्यायोजन, सामाजिक सुरक्षा कोषको सेवा विस्तार गरिने मन्त्रालयका सहसचिव पोखरेलले जानकारी दिए।

पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले भने, वैदेशिक रोजगारमा पठाउनुको विकल्प अहिले हामीसँग छैन्, तर हामीले यसलाई व्यवस्थित भने गर्न सक्छौं । मन्त्रालयका सचिव भण्डारीले भने, यस सम्बन्धमा देखिएका समस्यालाई समाधान गरी व्यवस्थित, सुरक्षित गर्ने विषयमा मन्त्रालय केन्द्रित छ,” ।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थापन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिए। “विभागले वैदेशिक रोजगारीमा नियमनकारीको भूमिका निर्वाह गरिरहेको छ। चेतनाको कमीबाट हुने ठगी र व्यावसायिक ठगीलाई नियन्त्रण गर्न लक्षित वर्गमा सचेतना गराउन जरुरी छ,” ।

मन्त्रालयले आगामी कार्यदिशामा तालिमयुक्त जनशक्ति निर्माण गर्ने, परामर्श सेवाप्रदायक संस्था लगायत व्यवसायी तथा व्यक्तिगत ठगी नियन्त्रण गर्ने, सेवा शुल्क, घरेलु कामदार, माग प्रमाणीकरण, सूचना सम्प्रेषणमा एकरूपता ल्याउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀