धनगढी । अविरल वर्षाका कारण कैलालीका विभिन्न पालिकाहरुमा नौ सयभन्दा बढी घर डुबानमा परेका छन् । तीमध्ये भजनी नगरपालिकाका अधिकांश परिवार बढी प्रभावित छन् । भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीले भजनीका विभिन्न वडामा बसोवास भएका ९ सय परिवार बाढीबाट पूर्ण रुपमा प्रभावित भएको जानकारी दिएका छन् । नगरप्रमुख चौधरीका अनुसार अत्यधिक प्रभावित वडा नम्बर ३ का गाउँहरु कुशुमघाट, ढुसी, बर्दवा, कनैयापुर, ८ वडाका बहादुरपुर, जनकपुर, मिजाहा र सोनाफाँटा क्षेत्रका प्रभावित अधिकांश परिवारहरु हुलाकी राजमार्ग छेउमा त्रिपाल टाँगेर बस्न बाध्य छन् ।
केही परिवार भने सार्वजनिक भवनहरुमा आश्रय लिएर बसिरहेका छन् । चौधरीले ३ वडामा काँढा नदीको बहावले डुबान गरेको र ८ नम्बर वडामा पथरैया नदीको बहावले डुबान गरेको जानकारी दिए । ३ र ८ बाहेक ५ र ७ नम्बर वडाका बासिन्दाहरु पनि प्रभावित छन् ।

ढुसी गाउँका जनक चौधरीले भने, ‘मेरो घर मात्रै होइन पूरै गाउँ नै डुुबानमा परेको छ । ज्यान जोगाउन घर छाडेर सडक छेउमा त्रिपाल टाँगेर बसेका छौं,’ ‘कहिले बाढी घट्ने हो र कहिले फर्किन पाइने हो । केही ठेगान छैन ।’ बाढी प्रभावितहरुलाई नगरपालिकाले खानेपानीका बोतल उपलब्ध गराएको छ । त्यस बाहेक उनीहरुलाई कुनै पनि निकायले राहत तथा सहयोग उपलब्ध गराएका छैनन् । नगरप्रमुख चौधरीका अनुसार ‘९ सय परिवारलाई तत्काल कुनै राहत उपलब्ध गराउने अवस्था छैन,’ उनले भने, ‘सुरक्षा निकाय र प्रदेशको टोलीले स्थलगत निरीक्षण गरेको छ । केही होला भन्ने अपेक्षा छ ।’
कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बाढीपीडित परिवारहरु तत्काल आफैंले जोहो गरी बसेको जानकारी दिएका छन् । ‘हामीले स्थलगत अनुगमन गरेका छौं । अहिले उहाँहरु आफ्नै त्रिपाल प्रयोग गरी सडक किनारमा बस्नु भएको छ,’ प्रजिअ कटेलले भने ‘आवश्यकता अनुसार त्रिपाल, खाद्यान्न लगायतका सहायताहरु उपलब्ध गराउँछौं ।’
भर्खरै
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे पार्टीको भविष्य नै धराशायी बन्छ: शेखर कोइराला
प्रधानमन्त्री कार्यालयको खर्च प्रचण्डभन्दा ओलीको पालामा २ करोड कम
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका पूर्व प्रदेश प्रमुख गुरूङको निधन, आइतबार अन्त्येष्टि
मदन भण्डारीले दिएको सदस्यता हो, कसैले फाल्न सक्दैन: विद्या भण्डारी (पूर्णपाठ)
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं