रबिना थापा च्याँखे थाप्न आएको हो भन्ने आरोप निराधार

रबिना थापा च्याँखे थाप्न आएको हो भन्ने आरोप निराधार

'म नै सक्षम र योग्य एनआरएनए अध्यक्षको उम्मेदवार हुँ'

rabina thapa

अमेरिका

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को विश्व भेलाको मिति तय भईसको छ । एनआरएनएको विश्व सम्मेलन आगामी अक्टोवर १७ देखी २० तारिख सम्म काठमाण्डौंमा हुँदैछ । यसले नयाँ नेतृत्व समेत प्रदान गर्नेछ । अहिले अध्यक्ष लगायत पदाधिकारीहरुमा आकाक्षीं उम्मेदवारले आफ्नो उम्मेदवारी घोषणा गरिरहेको परिपेक्ष छ । संस्थाभित्र रहेका थुप्रै विवादका कारण अहिले यो संस्थाको अध्यक्षमा तिनजना अध्यक्ष छन्, भने दुई जना महासचिव छन् । बिशेष परिस्थिति भन्दै यसरी समिति बनाइएको थियो । यसै परिप्रेक्षमा न्यूजपाली डटकमका सम्पादक अनिल अधिकारीले वर्तमान अध्यक्ष तथा पुनः अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेकी रबिना थापासँग केही कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको केही अंश ।

तपाईको अध्यक्षमा पुनः उम्मेदवारी के का लागि हो ?

हामीले अहिले धेरै कामको थालनी गरेका छौं । मैले यस पटक नेतृत्व गरेपछि संघमा धेरै काम गर्ने अवसर पाएँ, अब थालिएका योजनाहरु पुरा गर्नका लागि मैले पुनः अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ । अझ भन्नु हुन्छ भने म निर्वाचित उपाध्यक्ष थिएँ, बिशेष परिस्थितिमा म अध्यक्ष भएँ, अब निर्वाचित अध्यक्ष हुन चाहन्छु । दिएर होईन कि सक्षम र योग्य उम्मेदवारका रुपमा म निर्वाचित भएर थालिएका धेरै काम सक्ने योजना बनाएकी छु । यसो त एनआरएनएको काम काम कहिल्यै पनि सकिँदैन् । तर हामीले थालेका मेगा प्रोजेक्टहरु पुरा गर्नुपर्ने दायित्व मेरो काँधमा छ । त्यसलाई नयाँ मान्छेले पुरा गक्दैनन्, यसर्थ म पुनः नेतृत्वमा आउन खोजेकी हुँ । अनि उम्मेदवारी घोषणा गरेका साथीहरुलाई भन्न चाहन्छु म निर्वाचित उपाध्यक्ष हो, अहिलेका उपाध्यक्षहरु अध्यक्षको आकांक्षी भन्ने सुनिरहेकी छु । साथै महासचिवहरु पनि हामीले बनाई दिएका महासचिव र उपाध्यक्षहरु हुनुहुन्छ । पहिले तपाईहरु महासचिव र उपाध्यक्षमा निर्वाचित भएर जितेर आउनुस अनि मात्रै अध्यक्षका लागि दावेदारी पेश गर्नु होला भन्न चाहन्छु ।

गैरआवासीय नेपाली संघ हामी सबैका साझा संस्था हो, यो संस्थाको हामी सबैले स्वामित्व लिन जरुरी छ । पद किन्न जाने भन्ने जुन संस्कार जस्तो बनेको छ त्यसलाई चिर्नका लागि पनि म अध्यक्ष हुन जरुरी छ । अहिले यो संस्थालाई नेपाल उद्योग बाणिज्य महासंघको जस्तो व्यापार गर्न जाने संस्था बनाउन खोजिँदैछ । त्यो गलत हो । संस्थालाई संस्थाको रुपमा काम गर्ने वातावरण बनाउनु पर्यो । महिला तथा युवाहरुको सहभागिता बढाउँदै लैजानु पर्नेछ । अहिले युवा तथा महिलाहरुलाई उम्मेदवारी शुल्क पनि घटाइएको छ, त्यसको नेतृत्व पनि मैले नै लिएकी हुँ । सबै तहका मान्छेले नेतृत्व गर्न सक्ने संस्था बनाउनका लागि रबिना थापाको नेतृत्वमा निर्वाचित भएर आउन जरुरी छ ।

यि र यस्तै उदाहरणीय कामका लागि र संस्था सबैको बनाउनका लागि म अध्यक्षमा निर्वाचित भएर आउन चाहन्छु । म सँग समय पनि छ । र नेतृत्व पनि दिन सक्छु । राजनीतिक हस्तक्षेपका बिरुद्धमा पनि हामी लड्न्ु पर्नेछ । हाम्रो बिधानमै पनि र हामीलाई नेपाल सरकारले संस्था दर्ता गर्दा राजनीति गर्न नपाउने भनेको छ । अहिले यो संस्था भित्र राजनीति भईरहेको छ, म त्यसलाई चिर्न चाहन्छु । साथीहरुलाई म भन्न चाहन्छु, पहिले तपाईहरु रबिना थापा जस्तै निर्वाचित उपाध्यक्ष भएर क्रमश अध्यक्ष बन्न आउनुस । जितेर आउनुस अनि क्रमश नेतृत्व लिन तयार हुनुस । हिजोको परिस्थिति फरक थियो ।

सर्वोच्च अदालतले एनआरएनए जस्तै अर्को संस्था खोल्न पाउने भनेको छ, यसमा तपाईको धारणा के हो ?

एनआरएनए जस्तै अर्को संस्था खोल्न पाउने कुरा संघको बिधानमै छ । त्यसका लागि वहाँहरु सर्वोच्च अदातल जानै पर्दैनथ्यो । २५ देशका ५० जना मिलेर अर्को संस्था खोल्न पाउने कुरा हाम्रो बिधानले प्रष्ट भनेको छ । खोल्न पाउने त भनिएको छ तर अब नेपाल सरकारले कसरी हेर्छ भन्ने कुरा हेर्न बाँकी छ । यसलाई ठूलो बिषय नबनाऔं । यो ठूलो बिषयनै होईन, संस्था बनेर मात्रै हुँदैन त्यसले कसरी काम गर्छ भन्ने कुरा मुख्य हो । हामीले २० औं बर्षदेखी काम गर्दै आईरहेका छौं । गर्छु भनेर तम्सिनेहरुलाई शुभकामना छ ।

एनसीसीहरुमा रहेको विवादलाई कसरी हेर्नु हुन्छ ।

राष्ट्रिय समन्वय परिषद्मा भएको विवाद कुल जी अध्यक्षमा आउँछु भनेपनि सृजना भएको विवाद हो । पहिले बद्री जी र म अध्यक्षमा लड्ने कुरा थियो । पछि कुल जीले पनि अध्यक्षमा आउँछु भन्नु भो । हारेको मान्छेले त्यसी पुनः आउँछु भनेपछि केही देशमा त्यसरी अर्को समितिहरु बनाइयो तर त्यो अहिले समाधान भैसकेको छ । अब हाम्रा बीचमा विवाद छैन् । अमेरिकामै पनि हेर्नु हुन्छ भने निर्वाचित नयाँ समिति आईसकेको छ । संगठनलाई बलियो बनाउनका लागि काम गर्नुपर्ने छ । एनसीसीका साथीहरुलाई म भन्न चाहन्छु तपाईहरु पहिले संस्थामा काम गर्न केही सिक्नुस । मैले पहिलेनै भने बीचमा फुत्त कुल जी आउनु भयो । बद्री जी र म भित्रै बाट लड्ने कुरा स्वभाविक थियो । अध्यक्षको दावेदार थियौं । पहिले पनि हारेको मान्छे फेरी आउँछु भन्न् भयो । संस्था भित्र यस्ता विवाद समान्य हुन । मिलाउनका लागि मैले नै पहल गरेकी थिएँ । अब सबै तिर मिलाएर नेतृत्व दिन म तयार छु र सक्षम पनि छु ।

मैले धेरै काम सम्पन्न गर्नुछ । म अध्यक्ष भएर नेपाल बसेरै धेरै काम गरेँ । धेरै काम गर्न बाँकी छन् ।

तपाईहरुका सरकारसँग माग के छन्, ?

नेपाल सरकारले हामीलाई बंशजका आधारमा नागरिकता दिनु पर्दछ । हामी त्यहीँ जन्मिएका नागरिक हौं । हामी अवसर नपाएर बिदेशिएका हौं । हाम्रो कम्जोरी त्यो होईन, त्यो नेपाल सरकारको कम्जोरी थियो । बंशजकै आधारमा नागरिकता निरन्तार दिनु पर्दछ । हामीलाई गैरआवासीय नागरिक भन्न पाइँदैन् । हामीसँग भएको ज्ञान, सिपलाई देशमा लगाउन चाहन्छौं । यदी सरकारले गम्भिर रुपमा सोच्ने हो भने हामी देशका लागि ठूलो सम्पती हौं ।

देशको समृद्धिका लागि तपाईहरुले के कसरी भूमिका खेल्न सक्नु हुन्छ ?

हामी १५ सय ट्राभल चेक बोकेर आएका थियौं । अहिले हामीसँग ज्ञान र सिप छ, अनि देशमै सयौंको संख्यामा रोजगारी सृजना गर्न सक्ने क्षमता छ । त्यसलाई बोकेर देशमा हामी केही गर्न चाहन्छौं । शिक्षित भएका युवाहरुलाई देशमा परिचालन गर्न सक्यो भने पनि देश जबरजस्त समृद्धि तर्फ जान्छ । विश्व बिख्यात विश्वविद्यालयहरुमा ज्ञान र सिप हासिँल गरेका युवाहरुलाई हामीले देशको निमार्णमा लगाउनुपर्नेछ । तिनको ज्ञान सिपलाई प्रयोग गरेर हाम्रो देश धेरै अगाडि जान सक्छ । त्यो शक्तिलाई कम आँक्नु हुन्न्, त्यो त नेपालको सम्पती हो । गैरआवासीय नागरिकता मात्रै दिएर हुँदैन् । उनिहरुलाई नागरिकतानै निरन्तरता गरेर देशको समृद्धिमा लगाउनु पर्दछ ।

तपाईलाई एउटा आरोप छ कि तपाई डमी उम्मेदवारका रुपमा प्रस्तुत हुँदै हुनुहुन्छ? या चलन चल्तीको भाषामा भनौं च्याँखे थाप्नु भएको हो, रबिना चुनाव लड्दिन भन्छन्, नी ?

मैले च्याँखे थापेको होइन् । र म डमी उम्मेदवार पनि होइन् । यसअघि पनि निर्वाचत उपाध्यक्ष भएर अध्यक्षमा दावी गर्नु स्वभाविक थियो । मैले अध्यक्षमा उम्मेदवारी दर्ता गर्ने बेला सम्म पनि मलाई डमी उम्मेदवारनै भनेका थिए । भन्ने आरोपका पछाडि नलागौं । म सँग क्षमता छ । त्यो नेतृत्व गर्न सक्छु । अनि मसँग राजनीतिक संस्कार पनि छ । म पारिवारिक रुपमै राजनीतिक संस्कार भएकी व्यक्ति हुँ । यहाँ पैसाले पद किन्न खोज्नेहरुले त्यसो भन्ने गरेका छन् । तर मान्छे क्षमताका आधारमा नेता र नेतृत्व लिनु पर्दछ । उदाहरणका लागि भन्नु हुन्छ भने शुशिल कोइरालाले के पैसाले नेतृत्व लिनु भएको हो ? होइन नि । यसर्थ म पदका लागि होइन्, म काम गर्ने सक्षम उम्मेदवारका रुपमा अध्यक्षमा पुनः नेतृत्व लिँदैछु । पद लोभकै कुरा गर्नु हुन्छ भने म अहिले नेपाल फर्केर गएँ भने जुन सुकै राजनीतिक दलले पनि मलाई अवसर दिन्छन्, कुरा क्षमता र सामाजिक काम गर्ने योजनाको हो ।

अन्तमा केही भन्नु छ अध्यक्ष ज्यू !

म सिटिङ प्रेसिडेन्ट हो । त्यसैले मैले धेरै काम सम्पन्न गर्नुछ । म अध्यक्ष भएर नेपाल बसेरै धेरै काम गरेँ । धेरै काम गर्न बाँकी छन् । हरेक मन्त्रालयमा पुगेँ र त्यहाँको वस्तु स्थिति मैले मुल्याङकन गर्ने अवसर पाएकी छु । सचिवहरुलाई भेटेर बैदेशिक रोजगारीमा पुग्नेहरुलाई थुप्रै सहयोग पनि गरेँ । हामीले अहिले ब्लड बस संचालनमा ल्याएका छौं । यहाँ एक दुई वटा ब्लु बसको हल्ला गरिन्छ हामीले त्यस्ता धेरै काम गरेका छौं । धनगडी र चितवनमा ब्लड बस संचालनमा छन् । सफा शौचालयको अभियान जारी छ । सातै प्रदेशमा ब्लड बस संचालन गर्ने योजना पनि मसँग छ । गरिव तथा जेहेन्दार बिद्यार्थीहरुलाई उच्च शिक्षा दिनका लागि काम गरिरहेका छौं । एनआरएनएमा अहिले २४ सै घन्टा हटलाइन सेवा संचालनमा छ, त्यस्ता थुप्रै काम पुरा गर्न म अध्यक्षमा पुनः उम्मेदवारी दिँदैछु, एनआरएनएको अभियानमा जोडिनु भएका अभियान्ताहरु तथा सम्पूर्ण पक्षसँग सहयोगका लागि अनुरोध गर्दछु, मेरो कुराहरु राख्ने अवसर दिनु भएकोमा तपाईप्रति पनि धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀