फिर्केमाथि घरैघर, फिर्केखोला नापजाँच आधा सकियो

फिर्केखोला

फिर्केमाथि घरैघर, फिर्केखोला नापजाँच आधा सकियो

बर्सेनि अतिक्रमणको चपेटामा

Firke Khola

पोखरा । फिर्केखोला पोखराको बजार हुँदै फेवाताल पुगेर टुंगिन्छ । यही खोलाले बीच बाटोमा सजिलै बग्न पाएको छैन । फिर्केखोला चौतर्फी अतिक्रमणको चपेटामा छ । केही दशकअघिसम्म पानी पिउन योग्य हुने उक्त खोलाको पानी अहिले अचाक्ली दूषित छ । खोला कतै फराकिलो छ, कतै खोल्सोजस्तो देखिन्छ । कतै खोलामाथि घरहरु नै ठडिएका छन् । खोला कतै ४ मिटरमा खुम्चिएको छ त कहीँ ४० मिरटसम्म फुक्न पाएको छ । केही सरकारी तथा व्यक्तिगत संरचना, भवनको ढल सेफ्टी ट्यांकीको ढल मिसिँदा फिर्केखोला दुर्गन्धित बनेको छ ।

प्रदूषण र अतिक्रमणको चपेटामा परेको फिर्केखोला संरक्षण गर्र्न भन्दै महानगर खोला सीमांकन गर्न टोेली गठन गरेर अगाडि बढेको छ । बासुदेव पौडेल नेतृत्वको सर्भेक्षण टोलीले साउन ३ गतेबाट खोलाको सीमांकन गरिरहेको छ । हालसम्म सीमांकनको काम आधाजति सकिएको सर्भेक्षण टोलीका संयोजक पौडेलले बताए । फिर्के फेवातालमा मिसिएको स्थानदेखि सुरु भएको सीमांकन सशस्त्र प्रहरी गण मालेपाटनसम्म सकिएको उनले जानकारी दिए ।

खोला सीमांकनका लागि महानगरले सुरुमा ४ टोली बनाएर काम सुरु गरेपनि अहिले फिर्के वारिपारि आधाआधा जनशक्तिले नापजाँच गरिरहेको सर्भेक्षण प्रमुख पौडेलले बताए । ‘अहिले जग्गाधनीका नक्सा र खोला किनार हेरेर पोल गाडेका छौं । खोला कतै ३/४ मिटरमात्र चौडा देखिन्छ भने कतैकतै ३०–४० मिटर फराकिलो पनि छ,’ उनले भने ।

सर्भेक्षण टोलीले खोलाको क्षेत्र छुट्याउँदै किला गाडेको छ । सर्भेक्षण टोलीले किला गाडेअनुसार सिर्जनाचोक र जिरोकिलोमिटरको बीचमा बनेको केही संरचना खोलाको क्षेत्राधिकार भित्र पर्छन् । त्यहाँ केही सार्वजनिक भवन तथा व्यक्ति संरचनाहरु खोलामाथि नै निर्माण भएका छन् । किला गाडिएको क्षेत्र अर्थात किलाबिचको क्षेत्र खोलाको क्षेत्र रहेको सर्भेक्षण प्रमुख पौडेलले उल्लेख गरे । खोलाको क्षेत्रभित्र कतै घरैघर त कतै पर्खाल भेटिएको उनले सुनाए । ‘खोलाको क्षेत्रभित्र केही संरचना नै ठडिएका पनि देखिए, कतै पिलर ठडाएका पनि देखिए, हामीले सम्भव भएसम्म किला, नत्र चिन्ह लगाएर खोलाको क्षेत्र छुट्याएका छौं,’ उनले भने ।

नापजाँचका क्रममा स्थानीयले बारम्बार नगरपालिकाले नापजाँच गर्ने गरेको तर काम नगरेको भन्दै आक्रोश पोखेको सर्भेक्षण प्रमुख पौडेलले बताए । सर्भेक्षण टोलीले बिहान ७ बजेदेखि बेलुकासम्म ४० जनाले सीमांकन गरिरहेका छन् । खोलाको बाँकी तुलनात्मक रुपमा खुला भएकाले केही दिनमै सीमांकन गरेर सकिने पौडेलले सुनाए ।

सर्भेक्षण टोलीले खोलाको सीमांकन गरी प्रतिवेदन महानगरमा पेस गर्नेछ । अहिले फिर्केखोलाको मापदण्ड १० मिटर छ । मापदण्डमा पुनर्विचार गरी लागु गर्ने महानगरको तयारी छ । जुनसुकै हालतमा फिर्केको सीमांकनसहित यसलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजना पूरा हुने महानगरपालिकाका मेयर धनराज आचार्यले बताए । ‘अहिले घर र खोला छुट्याउँदै छौँ । साइट क्लियर भएपछि दायाँबायाँ साइकल लेन, ठाउँठाउँमा चेकड्याम र लाइटिङको काम गर्ने योजना छ,’ उनले भने ।

महानगरले अहिले फिर्के सीमांकनसहितका कामका लागि सवा करोड बजेट विनियोजन गरेको छ । मेयर आचार्यले साइट क्लियर भए रकमान्तर गरेरै भए पनि बजेट थप्ने र कुनै पनि हालतमा फिर्के परियोजनाका लागि बजेट अभाव हुन नदिने दाबी गरे ।

निवर्तमान मेयर मानबहादुर जिसीको पालामा इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा गठित फिर्के रेखांकन समितिले खोला मिचेर १ सय ९२ संरचना बनेको देखाएको थियो । त्यसअघि पनि खोलाको पटक–पटक सीमांकन र नक्सांकन भएका छन् । प्रतिवेदन पनि बनेका छन् । तर, ती प्रतिवेदन कार्यान्वयन नहुँदा फिर्के खोला बर्सेनि अतिक्रमणको चपेटामा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀