गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको चुनाव सम्पन्न भएसँगै अमेरिकामा अन्तराष्ट्रिय समन्वय परिषद् आईसीसीको चुनावी चर्चा शुरु भएको छ । चर्चाको शुरुवात आईसीसी अध्यक्ष रबिना थापाले गरेकी हुन् ।
अध्यक्ष थापाले एनआरएनए अमेरिकाको नयाँ कार्यसमितिको सपथग्रहण कार्यक्रममा आफु अध्यक्षमै दोहोर्याउने घोषणा गरेकी हुन् । यसैगरी उक्त सभामै हालका महासचिव गौरीराज जोशीले महासचिवमा दोहोर्उने घोषणा गरेका समाचार अहिले चर्चामा छन् ।
यसैगरी आईसीसीका महासचिव डाक्टर केशव पौडेलले संचारमाध्यममा अन्तर्वाता दिँदै आफुले अध्यक्षमा उम्मेदवारी दिने बताएका छन् । हालका महासचिव तथा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डाक्टर पौडेले यसअघिनै आईसीसीको अध्यक्षमा आफ्नो उम्मेदवारी रहने जनाउ दिईसकेका थिए । यसो त आईसीसीका हरेक चुनावमा अमेरिकाबाट यहाँका उम्मेदवारको चर्चा र दाबी दुवै रहँदै आएको छ ।
यसपल्ट पनि पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र उपमहासचिव लगायतका पदमा उम्मेदवारी रहने देखिएको छ । यस पटकको आईसीसीको चुनावमा अमेरिकाबाटै एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धि सुवेदीले महासचिवमा उठ्ने तयारी गरेका छन् ।
एनआरएनए अमेरिकाका निवर्तमान अध्यक्ष सुवेदीले यसअघि आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिने जनाउ दिएका थिए तर पछिल्ला घोषणासँगै उनले महासचिवमा उम्मेदवारी दिने बुझिएको छ । नीजि भ्रमणमा नेपाल जानुअघि सुवेदीले यस्तो संकेत गरेका छन् । यसैगरी हालका आईसीसी सचिव राजन त्रिपाठीले उपाध्यक्ष्मा उम्मेदवारी दिने संकेत गरेका छन् ।
यस्तै हालका आईसीसी सचिव प्रमोद सिटौलाले उपमहासचिव पदमा उम्मेदवारी दिने जानकारी दिएका छन् । सिटौलाले भने, म अबको आईसीसीको चुनावमा म उपमहासचिव पदको उम्मेदवार हो । यसरी हेर्दा अमेरिकाबाट आईसीसीको आसन्न चुनावमा अध्यक्षमा रबिना थापा र डाक्टर केशव पौडेल, महासचिवमा गौरी जोशी र बुद्धि सुवेदी, उपाध्यक्षमा राजन त्रिपाठी र उपमहासचिवमा प्रमोद सिटौलाले उम्मेदवारी दिनेछन् ।
भर्खरै
अन्तर्राष्ट्रिय पत्रकार महासंघ स्थापना, अध्यक्षमा खनाल
आज विजया दशमी, टीका र जमरा लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा
सबै अधिकार सहितको नागरिकताको निरन्तरताका लागि प्रधानमन्त्री ओलीको प्रतिवद्धता
टेक्सस र क्यालिर्फोनियामा महाबाणिज्यदूतावास खोल्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण
जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेसन न्यु ह्याम्पसायर अध्यक्षमा पवन पौडेल
नेपाली नागरिकताको निरन्तरताको बिपक्षमा एनआरएनए अमेरिका अध्यक्ष बन्जाडे
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं