ललितपुरको शंखमुलस्थित लिटिल फ्लावर पब्लिक स्कुलमा अध्ययनरत छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।
ललितपुर प्रहरीले बागलुङ स्थायी घर भई कुपन्डोल बस्दै आएका २३ वर्षीय अशोक परियारलाई पक्राउ गरेको हो । उनी गणित शिक्षक हुन्। परियार एक वर्षअघि मात्रै विद्यालयमा गणित शिक्षक नियुक्त भएका थिए ।
कक्षा ९ मा पढ्ने १५ वर्षीया छात्रालाई शिक्षकले पठाएका शंकाष्पद म्यासेजहरु परिवारले फेला पारेपछी प्रहरी गुहारेका थिए । म्यासेजहरु हेर्दा उनीहरुबीच शारीरिक सम्बन्ध भएको झल्किन्छ । म्यासेजमा शिक्षकले छात्रालाई ‘बुढी’ सम्बोधन गरेका छन् भने छात्राले शिक्षकलाई ‘बाबा’ भनेकी छन् ।
शिक्षकले ‘पिल्स खायौ? पेट दुखेको छ कि छैन ? तातो पानी खाउ’ जस्ता म्यासेजहरु लेखेका छन् । शिक्षकले छात्रालाई चुम्बन गरेको, सँगै वियर पिएको, हुक्का तानेको टिकटक भिडियोहरु पनि भेटिएका छन् ।
आमाले शिक्षकसँग छोरीको आपत्तिजनक फोटो भेटेकी थिइन् । त्यसपछि आमाले शिक्षकलाई बोलाएर सम्झाएको खुलेकाे छ । पछि, परियारले पठाएका विभिन्न म्यासेजहरु मोबाइलमा देखेपछि किशाेरीका परिवारजन आत्तिएका थिए ।
कानूनतः १८ वर्ष मुनिको बालिकालाई सहमतिमा राखेको सम्बन्ध पनि बलात्कार मानिन्छ । परिवारले छोरीलाई यो विषयमा केही पनि नसोधिकन सिधै विद्यालयमा सप्रमाण खबर गरेका थिए । प्रिन्सिपल दीलिपकुमार श्रेष्ठका अनुसार घटना सार्वजनिक भएपछि शिक्षकलाई निष्कासन गरिएको छ ।
भर्खरै
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड
आज देशभर बकर इद मनाइँदै
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै निष्कर्षमा : मन्त्री गिरी
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं