चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । पारिवारिक श्राेतका अनुसार मंगलबार बेलुका उनकाे निधन भएको हाे । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको हाे । ६० वर्षीय तामाङकाे स्ट्राेकका कारण निधन भएकाे हुन सक्ने अनुमान छ ।
रविनको शवलाई अहिले पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । उनको निधनमा नेपाली संगीतकर्मी तथा समर्थक शुभेच्छुकले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । उनकाे निधनकाे पहिलाे खबर नै उनकै पेजमार्फत् गराइएकाे थियाे ।
नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो ।
रोबिनको जन्म सन् १९६३ मा सिंगापुरमा भएको थियो । रोबिनका पिता ब्रिटिस आर्मीमा रहेका कारण उनले विभिन्न ५ वटा देशमा आफ्नो बाल्यकाल बिताएका थिए । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’, चिसो चिसो हावामा , जति माया लाए पनि, भुलमा भुलियो जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।
रविनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो जहाँ उनी ग्याङस्टर रोलमा थिए । उनले हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गरेका छन् ।
भर्खरै
सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पञ्चकोटको विश्वशान्ति कलश निर्माणमा जुट्यो सात करोड
आज देशभर बकर इद मनाइँदै
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै निष्कर्षमा : मन्त्री गिरी
कक्षा ४ र ६ को प्रश्नपत्र एउटै
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं