वडाध्यक्षले कुटे उपभोक्ता समितिका अध्यक्ष

विवाद

वडाध्यक्षले कुटे उपभोक्ता समितिका अध्यक्ष

प्रशासनले उजुरी दर्ता नगरेपछि वडा कार्यालयमा तालाबन्दी

Ram Gurung case

पाेखरा । कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नम्बर ८ का अध्यक्ष रामबहादुर गुरुङ पुनः विवादमा तानिएका छन् । यसअघि सब ईञ्जिनियरलाई कुटपिट गरेर बदनाम भएका उनी फेरि उपभोक्ता समितिका अध्यक्षलाई कुटेपछि आलोचित भएका हुन् ।

वडाकै खोराको मुख उपल्लो इदीखोला माछापुच्छ्रे सडक उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीलाई गुरुङले कुटपिट गरेका हुन् ।आइतबार दिउँसो वडाध्यक्षबाट कुटिएका उपभोक्ता समितका अध्यक्ष भण्डारी वडा प्रहरी कार्यालय बगरमा जाहेरी लिएर पुगेकाेमा जाहेरी नलिइएकाे पीडितकाे भनाइ छ । प्रहरीले पहिले छलफल गर्नुपर्छ भन्दै जाहेरी दर्ता गर्न नमानेको भण्डारीले बताएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले पनि जाहेरी नलिएकाे उनकाे गुनासाे छ ।

निर्माणाधिन बाटो हिलो भएको भन्दै वडाध्यक्षले आइतबार दिउँसो साढे २ बजेको समयमा आफूलाई दिनदहाडै बीच सडकमै हातपात गरेको भण्डारीले बताए । भण्डारीले भने – बर्खायाम छ, ठेकेदारले बाटो बनाइरहेको अवस्था छ । तर वडाध्यक्ष गुरुङले बाटो किन हिलो बनाएको भन्दै मलाई कुटे ।

स्थानीय कै आग्रहमा आफू उपभोक्ता समितिको अध्यक्ष बनेर बाटो बनाउने कामलाई सघाएको दावी गर्दै भण्डारीले वडाध्यले अझै कुटपिट गर्ने धम्की दिएकाले जिउज्यानको सुरक्षा र दोषी माथि कारवाही माग गर्दै जाहेरी दिन प्रहरीको आएको बताए ।

पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २१ लाख ५४ हजारको बजेटमा सो सडकको काम भैरहेको छ । यो गण्डकी प्रदेश सरकार पुर्वाधार विकास कार्यालय कास्कीबाट कार्यान्वयनमा रहेको योजना हो । यही असार २२ गते पूर्वाधारका कर्मचारी अनुगमनमा जाने कार्यक्रम रहेको स्थानीयले जानकारी दिए ।

वडा कार्यालयमा मंगलबारदेखि तालाबन्दी

वडा अध्यक्ष गुरुङले अपशव्द बोल्दै समितिका अध्यक्ष अमृत भण्डारी माथि आक्रमण गर्दा पनि राज्यसत्ताको आडमा प्रहरी र कास्की प्रशासनले समेत जाहेरी लिन नमानेकाले वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

वडा अध्यक्ष गुरुङले पटक–पटक कर्मचारी र सेवाग्राही माथि आक्रमण गरेको र वडामा आउने सेवाग्राही माथि राजनैतिक पुर्वाग्रह राखी धेरै प्रकारका दुःख दिने गरेको गुनासो आएको बताउँदै वडा अध्यक्षलाई कानुनी दायरामा नल्याउन्जेल असार १९ गते देखि नै ८ नं वडा कार्यालयमा तालाबन्दी गरिएको नेकपा एमाले माछापुच्छ्रे गाउँपालिका कमिटिले जनाएको छ ।

तालाबन्दीबाट ८ नं. वडाबासीमा पर्न गएको असुविधाप्रति वडा नं. ८ र ७ को तर्फबाट क्षमाप्रार्थी छौंँ भनी विज्ञप्ति मार्फत् जानकारी गराईएको छ ।

पहिले पनि कुटेका थिए सब ईञ्जिनियर

यसअघि गाउँपालिकामा कार्यरत सब इन्जिनियर लक्ष्मण जिसीलाई वडाध्यक्ष गुरुङले कुटपिट गरेका थिए । गत फागुन १२ गते आफ्नै कार्यकक्षमा गालीगलौज तथा कुटपिट गरेको भन्दै गुरुङलाई कारबाही गर्न मागसहित इन्जिनियर जिसीले जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।

वडाध्यक्ष गुरुङले इन्जिनियरसँग भनेको नमानेकाले भनाभन हुँदा धकेलाधकेलमात्र भएको दाबी गरेका थिए । तर निधारमा जिसीको चोट लागेको थियो । उनी चोट नै बोकेर प्रहरीकहाँ आइपुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
15 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 15 Nov 2025 00:50 UTC
Latest change: 14 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
142
Indian Rupee 
Indian Rupee
88.71
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
154.68
US Dollar 
US Dollar
1
15 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 15 Nov 2025 00:50 UTC
Latest change: 14 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀