असार १५ अर्थात् राष्ट्रिय धान दिवस । यसै दिन ‘पोखरा सबै मौसमका लागि’ भन्दै वर्षेनी आयोजना हुने रोपाइँ महोत्सव यो पटक पोखरा–१३ कसेरीमा आयोजना भयो । पोखरामा हरेक वर्ष फरक फाँटमा रोपाइँ महोत्सव हुँदै आएको छ। पोखरामा पर्यटन प्रवर्द्धन गर्न र धानखेतीबारे सचेतना फैलाउने उद्देश्यले यो महोत्सव आयोजना हुने गरेको छ। पोखराका पर्यटन व्यवसायीको छाता संस्था पोखरा पर्यटन परिषद् (पिटिसी)ले आयोजना गरेको यो महोत्सवको अहिले १८ औं संस्करण हो।
खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायिकरण गर्दै कृषकलाई आफ्नो पेशाप्रति अभिपे्ररित गर्नु तथा परम्परागत कृषि प्रणाली मार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ वर्षेनी यस्तो महोत्सव आयोजना गर्दै आएको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। २०६१ साल देखि परिषद्ले वर्षेनी यो महोत्सव आयोजना गर्दै आएको छ।

परिषद् अध्यक्ष श्रेष्ठका अनुसार पोखरा–१३, महेन्द्र भण्डारीको ७ र विष्णु भण्डारीको ५ गरि १२ रोपनी क्षेत्रफलमा खेतमा यो महोत्सव गरिएको हो। महोत्सवमा रमाउन विदेशी पाहुनादेखि, विद्यार्थी, सर्वसाधारण, स्थानीय तहका पदाधिकारी सहित पर्यटन व्यावसायी र सर्वसाधारण पुगेका थिए। महोत्सवलाई रोमाञ्चक बनाउन हिलोमा रमाउनेगरि विभिन्न खेल प्रतियोगिता पनि आयोजना गरिएको थियो।

पहिलोपटक हिलोमा खेल्न पाउँदा विदेशी खुबै रमाएका थिए। जोत्नेदेखि हिलो छ्यापाछ्यापमा समेत विदेशी पाहुना रमाएका थिए। परिषद् अध्यक्षले कम्तिमा एकहजार विदेशी पाहुना रोपाइँ महोत्सवमा सहभागि भएको बताए। सहभागिलाई मनोरञ्जन दिलाउन विभिन्न सांगितीक कार्यक्रम पनि गरिएको थियो।










तस्वीरहरूः पाेखरा पर्यटन परिषद्
भर्खरै
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
गण्डकीका मुख्यमन्त्री चीन जाँदै
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
श्री गण्डकी कोटिहोम महायज्ञको उत्तम साइतमा क्षमा पूजन, भूमि पूजन गरी यज्ञ कुण्ड खनियो
पोखरामा कोटिहोम विराट् ज्ञान महायज्ञ –२०८२ हुँदै
लमजुङमा सुन्तला उत्पादनमा ह्रास
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं