साहसिक पर्यटन तान्दै पर्वत

साहसिक पर्यटन तान्दै पर्वत

Parbat

पोखरा, ४ असार । पर्वतले साहसिक पर्यटकलाई आतिथ्यता दिन थालेको धेरै भएको छैन् । पर्वतलाई २०४८ साल तिर पर्वत सडक सञ्जालले जोडेपछि नै कालगण्डकीमा सेता छाला भएकाहरु पुग्न थालेको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका संस्थापक अध्यक्ष शिव शर्मा पौडेल सम्झनु हुन्छ । ‘२०४८ मा पर्वत सडक सञ्जालले जोडिएपछि २०५०÷५१ तिरबाट कालीगण्डकीमा ¥याफ्टिङ चल्न सुरु भएको हो,’ उहाँले भन्नुभयो । गाडीका छतमा ¥याफ्ट लिएर काली पुग्नेहरुले नै साहसिक पर्यटनको संभावना उजागर गरेको उहाँको भनाइ छ ।

२०६३ सालमा पर्वत कै ज्ञादी र कुश्मा जोड्ने गरी पुल बन्ने भयो । सो पुलको अध्यक्ष पनि उहाँ पौडेल चुनिनुभयो । २०६६ सालमा पुल बनिसक्यो । कालीगण्डकी नदी माथि बनेको उक्त पुल नेपालकै अग्लो पुल दावी गरिएपछि फाट्टफुट्ट पर्यटन जान थाले । त्यसपछि मात्र पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको अवधारणा अघि बढेको पौडेलले सुनाउनुभयो ।

पर्वत पर्यटन प्रवद्र्धन केन्द्रले पहिलो कामका रुपमा ¥याफ्टिङ प्रवद्र्धन गर्न थाल्यो । सो समय नेपाल पर्यटन बोर्डले सघाएको उहाँले सुनाउनुभयो । ‘म अध्यक्ष भएपनि नेपाल पर्यटन बोर्ड र पोखराका व्यावसायीसँग सहकार्य गरेर विभिन्न सरोकारवालाहरुलाई लिएर ¥याफ्टिङ प्रवद्र्धनका लागि गएका थियौं,’ उहाँले भन्नुभयो ।

अग्लो पुल हेर्न पाहुना झुमिएपछि केहीले त्यहाँबाट बञ्जी गर्न मिल्ने सुझायो । बञ्जीको संभावना र संभाव्यता बुझ्न टोली २०६८ सालमा सिन्धुपाल्चोक हानियो । भोटेकोशी माथिको बञ्जीका बारेमा जानकारी लिएपछि पर्वत फर्किएको टोली लामो समयसम्म अलमलमा प¥यो । धेरै खर्च लाग्ने अनि जोखिम बढि हुने भएपछि न त्यहाँका व्यावसायीले आँट गर्नुभयो सरकारले चासो नै दियो ।

साहसिक पर्यटनको एउटा पाटो बञ्जीको राम्रो सम्भावना भएपनि सुरुवात कस्ले गर्ने भन्ने अन्योलता थियो । सोही क्रममा भोटेकोशीमा बञ्जी गराउने राजु कार्की २०७३ सालमा पर्वत पुग्नुभयो । कार्कीले आँट गर्नुभयो । अनि बञ्जीको संरचना बनाउने काम सुरु भयो । २०७७ सालदेखि पर्वतको कुश्मा र बागलुङको बलेवा जोड्नेगरी बनाइएको पुलको बिचमा भागबाट सुरु भयो, विश्वकै दोस्रो अग्लो बञ्जी ।

कार्कीले दि क्लिफ प्रालिले बनाएको नमुना पुल, बञ्जि जम्पसँगै, विश्वकै उच्च स्वीङ, स्काई साईक्लिङि, स्काई क्याफे, गुलेली पिङ, क्रेजी ब्रिज निर्माण गरेपछि साहसिक पर्यटकीय केन्द्रको रुपमा विकास भएको हो । अधिकांस संरचना बागलुङ बलेवामा रहेपनि यसले कुश्माको पर्यटनमा पनि टेवा पुगेको छ ।

नेपाल पत्रकार महासंघ कास्कीले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पर्वत सदरमुकाम कुश्मा र आसपासका क्षेत्रमा रहेका साहसिक पर्यटन प्रवद्र्धनका लागि समस्या, चुनौती र अवसरका बारेमा कुश्मामा सरोकारवालाहरुसँग छलफल गरेका थिए ।
पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका सहसचिव शिवप्रसाद शर्मा रेग्मीले पर्वतको पर्यटकीय सम्भावना र क्षेत्रहरुका बारेमा जानकारी गराएपछि छलफल सुरु भएको थियो । पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका संस्थापक अध्यक्ष पौडेलले निजी क्षेत्र लगानी बढाइरहँदा सरकारको ध्यान जान नसकेको बताउनुभयो ।

सरोकारवालहरुको छलफल कार्यक्रममा नेपाल पर्यटन बोर्डका शाखा प्रमुख नवीन पोखरेलले पर्वतमा रहेका पर्यटकीय स्थलहरुको विकासका लागि आगामी दिनमा थप सहयोग गर्दै जाने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ काकीका अध्यक्ष बिमला भण्डारीले बजेट निर्माणमा क्रममा भएको छलफलले प्रदेश र स्थानीय तहलाई झक्झकाउने बताउनुभयो । पत्रकारहरुले पर्याप्त प्रचारप्रसार गरेर नै पर्यटनको विकास गर्न सकिने उहाँको भनाइ थियो ।

कार्यक्रममा यूनिभर्सिटी अफ अटवाका प्रध्यापक भानुभक्त आचार्य, कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापा, पत्रकार गणेश पौडेल, प्रनिश गिरी, आरके अदिप्त गिरी, समाजसेवी पृथ्वीनारायण शर्मालगायतले पयर्टन लागि उचित व्यवस्थापन, पर्याप्त सुविधा र स्थानीयस्तरका उत्पादनको खानपानमा जोड दिनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀