पोखरा, १८ जेठ । उदयपुरको गढी गाँउपालिकाका हावाहुरी प्रभावित परिवारलाई युनाइटेड क्लब पोखराले राहत प्रदान गरेको छ ।
क्लबको विपद् ब्यवस्थापन सहयोगार्थ कोष अन्तर्गत गढी गाँउपालिका वडा नम्बर १, २ र ५ मा हावाहुरीका कारण पूर्ण रुपमा घरमा क्षती भएका २५ परिवारलाई राहत वितरण गरिएको हो ।
वडाका २५ जना पीडित परिवारलाई क्लबले ४÷४ हजार, युएनआइ एलईडी एक्सपर्ट लाइटिङ र विवश इलेक्ट्रीकल प्रा.लिले २५÷ २५ सयका दरले बिजुलीका सामग्री र समाजसेवी राजु राइले २५ घरपरिवारलाई एक÷एक हजारका दरले २५ हजार रुपैया राहत स्वरुप प्रदान गरिएको थियो ।
नेपालीहरुको महान पर्व दिपावलीको अवसरमा देउसीभैलो कार्यक्रमको आयोजना गरी स्थापना गरिएको विपद् ब्यवस्थापन कोषबाट राहत वितरण गरिएको हो ।
कार्यक्रममा गढी गाँउपालिका वडा नम्बर १ का वडा अध्यक्ष इन्द्र बहादुर रावतले सामाजिक कामकै लागि पोखरादेखी उदयपुरको बिकट बस्तीमा सहयोग गर्नु आफैमा सहनीय काम भएको बताउनुभयो ।
गढी गाँउपालिका स्थायी घर भई हाल पोखरा १० निवासी समाजसेवी राजु राई, क्लबको विपद् ब्यवस्थापन उपसमिति सदस्य चन्द्र बहादुर थापा, संस्थापक अध्यक्ष हिमालय बख्रेल, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले प्राकृतिक विपत्ती जुनसुकै बेलामा आउन सक्ने भएकाले त्यसको सामना गर्नका लागि सबै जना तयार रहनुपर्ने उल्लेख गर्नुभयो ।
युनाइटेड क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गर्नुभएको कार्यक्रममा क्लबका कोषाध्यक्ष सूर्य बहादुर बानियाँले स्वागत मन्तब्य गर्नुभएको थियो ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं