जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती

जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती

Binod (1)

पोखरा, १३ जेठ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ ।

कार्यक्रमका वक्ताले कविता गाउँका प्रणेता, तगारोमा रुमाल राखी…, जति माया लाएपनि…, ढुङ्गेसाँघुको मेलामा…, पोखरामा फूल फुल्दैनन्… लगायतका चर्चित गीतकार तथा कवि व्यक्तित्वका विविध अध्याय र आयामबारे आफ्ना धारणा राखेर गौचनको योगदान स्मरण गर्नुभएको हो ।

वरिष्ठ साहित्यकार सरुभक्तले विनोदसँगका सहकार्यका दिन सम्झदै संरक्षण कविता आन्दोलनका क्रममा लेखिएका धेरै सिर्जनाको साँक्षी आफूँ बनेको बताउनुभयो ।

गौचनका दाजु विश्वमोहन गौचनले सिर्जना यात्रामा लाग्दा विनोदले भित्तामा राखिएको भित्ते घडीको आवाज पनि बोझिलो मानेर घडीको ब्याट्रीसमेत निकालेर सिर्जनामा लाग्ने गरेको बताउनुभयो ।

स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्णप्रसाद बास्तोलाले ५० को दशकमा गौचनका दुई कविताले आफूँलाई निकै प्रभावित पारेको स्मरण गर्नुभयो ।

वरिष्ठ संगीतकार सुनिल थापाले गौचनलाई सरल, शालिन र मौलिक सर्जकका रुपमा चित्रण गर्दै उनीसँगका सहकार्य र सहयात्राको कथा सुनाउनुभयो ।

विनोद गौचनको शालिक निर्माणार्थ लुम्लेका जग्गादाता सुवास गुरुङले लुम्लेवासीले साहित्य र आन्तरिक पर्यटनको महत्व नबुझ्नाले कविता गाउँको पहिचान ओझेलमा रहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास गण्डकीका महासचिव असफल गौतम, हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष बलराम पौडेल, लुम्ले कविता गाउँका अध्यक्ष चूडामणि देवकोटा, लोक नृत्य कलाकार संघका अध्यक्ष केशबहादुर गुरुङ, थकाली सेवा समितिका अध्यक्ष ई. रुजिन्द्र तुलाचन, सिर्जना साहित्य सदन घाचोकका सल्लाहकार भानुभक्त अविरल, साहित्यकार रविन्द्र माकाजु, गोविन्दप्रसाद पराजुली, तेजबहादुर गुरुङ, विष्णुु बास्तोला, स्ट्रगल राना, सावित्री गिरी, लक्ष्मी देवकोटालगायतले गौचनको व्यक्तित्व र कृतित्वका बारे आ–आफ्ना धारणा साथै रचना प्रस्तुत गर्नुभयो ।

कार्यक्रम गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीको धन्यवाद ज्ञापन रहेको कार्यक्रमको सञ्चालन महासचिव मदन भण्डारीले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

कृपाको चिसो बतास बजारमा
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
लोकजीवनका भाका सुसेल्ने वसन्त
पञ्चेबाजा बजाउने बागलुङका आमाहरू

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
10 Aug · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 10 Aug 2025 00:50 UTC
Latest change: 09 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
140.26
Indian Rupee 
Indian Rupee
87.62
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
147.8
US Dollar 
US Dollar
1
10 Aug · FX SourceRastra 
Nepal Rastra bank
Check: 10 Aug 2025 00:50 UTC
Latest change: 09 Aug 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀