पोखरा, ३० वैशाख । कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले मिटरब्याज र सहकारीबाट पीडितहरुको समस्या देखेर दिक्क लाग्ने गरेको बताउनुभएको छ ।
उहाँले तराइमा जस्तो मिटर ब्याज पीडितको संख्या ठूलो नभए पनि कास्कीमा करोडौं रुपैयाँसम्मको कारोबार भएको र सहकारीबाट पीडितको समस्या पनि उस्तै भएको बताउनुभयो ।
एक व्यक्तिले १७ लाख रुपैयाँ ऋण लिएर १ करोड ८५ हजार भुक्तानी गरिसकेछन् तर उनलाई अझै ५५ लाख तिर्न बाँकी रहेको देखाइएछ,’जिल्ला प्रशासन कार्यालय कास्कीमा आएको एक उजुरीको फेहरिस्त प्रस्तुत गर्दै उहाँले भन्नुभयो,‘अदालतमा मुद्दा हाल्दा भने मिटरब्याज लगाउनेले ३४ लाख बाँकी छ भनेछ ।’
उहाँ शुक्रबार पोखरा उद्योग वाणिज्य संघ र राष्ट्रिय उपभोक्ता महासंघले संयुक्त रुपले आयोजना गरेको व्यावसायिक सचेतना तथा अन्तरक्रियामा बोल्दै हुनुहुन्थ्यो । प्रजिअ जिसीले सहकारीबाट पीडितहरुको अवस्था पनि उस्तै रहेको सुनाउनुभयो ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले व्यवसायी स्वयं पनि उपभोक्ता भएको र ऊ उपभोक्ताको अधिकारप्रति सचेत रहेको जिकिर गर्नुभयो । ‘कोही बदमास पनि होलान् तर हाम्रो अर्थतन्त्र आयातमा निर्भर छ, हामी अर्काको सामान ल्याएर बेच्न बाध्य छौँ,’उहाँले भन्नुभयो,‘अघिल्लो पटक बढी मूल्यमा सामान आउँछ, गोदाममा थन्किन्छ, अर्को पटक सस्तोमा आउँछ, अघिल्लो खरिदलाई कालोबजारी भन्न मिल्दैन ।’
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त बरालले अनुगगमनको क्रममा प्रशासनले सकेसम्म व्यवसायीहरुलाई दण्डित हैन सम्झाउने गरेको जिकिर गर्नुभयो ।
कार्यक्रममा स्वस्थ बजारको लागि व्यावसायिक सचेतताबारे कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले हरेक व्यवसायीहरुले आफ्नो कर्तव्य इमान्दारितापूर्वक पालना गरे उपभोक्ता हितको संरक्षण हुने बताउनुभयो ।
कार्यक्रममा उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगल, सचिव कमल पौडेल अथक, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्य, व्यवसायीहरु सीता गुरुङ,बालकुमार लुइँटेल, गजेन्द्रमान श्रेष्ठ,रामबहादुर विक,अधिवक्ता मुना रानाभाटलगायतले व्यवसायीहरुले भोग्नुपरेका समस्या र उपभोक्ता अधिकारबारे जिज्ञासा राख्नुभयो ।
भर्खरै
अमेरिका स्वर्णिम युगमा प्रवेश गर्यो : राष्ट्रपति डोनाल्ड जे ट्रम्प
विमान दुर्घटनाका साक्षी भन्छन्, कान्लामा नठोक्किएको भए जहाज सिधै बस्तीमा पस्ने थियो
बजेटबारे सांसदको चर्को असन्तुष्टि
गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे दोस्रो पटक नियुक्त
पाँच वर्षभित्र सबै बालबालिकालाई आधारभूत शिक्षाको सुनिश्चितता
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं