पोखरामा नाटकको अन्तर्राष्ट्रिय सेमिनार हुँदै

पोखरामा नाटकको अन्तर्राष्ट्रिय सेमिनार हुँदै

Seminar

पोखरा, २४ वैशाख । नेपाल नाट्यप्रतिष्ठान पोखराको आयोजनामा नेपाली नाटकबारे प्रथम अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ ।

नाट्यप्रतिष्ठानले आइतवार पत्रकार सम्मेलन गर्दै सेमिनारको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

यहि वैशाख २८ गतेदेखि ३ दिनसम्म पोखरामा चल्ने उक्त सेमिनारमा नेपालका विभिन्न स्थान लगायत भारतबाट समेत विषयविज्ञ सहभागि हुने कार्यक्रम रहेको प्रतिष्ठानका अध्यक्ष प्रा.डा रामचन्द्र पोखरेलले बताउनुभयो ।

सो सेमिनारमा नेपालबाट प्रतिष्ठानका अध्यक्ष प्रा.डा पोखरेल लगायत प्रा.डा सावित्री मल्ल कक्षपती, डा. अशोक थापा, डा. कान्छी महर्जन, डा. नारायणदत्त पन्थ, पुरु लम्साल, तारा पोखरेल र गीता सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै भारतबाट डा. सुकराज दियाली (सिलगढी), डा.वीरबहादुर विश्वकर्मा(सिलगढी), पूर्णकुमार शर्मा(असाम), तेजमान् बराइली(सिक्किम), नवीन पौड्याल(कालेबुङ, दार्जिलिङ), योगेश खाँती (दार्जिलिङ), युवराज काफ्ले(सिलगढी), सरदकुमार क्षेत्री (कालेबुङ), धर्मराज थापा (दिल्ली) र संजीव गुरुङ (कलकत्ता)ले कार्यपत्र प्रस्तुत गर्ने कार्यतालिका रहेको प्रतिष्ठानले जनाएको छ ।

सेमिनार मार्फत् नेपाली नाटक तथा भारतीय नेपाली नाटक र रङगमञ्चको खोज अनुसन्धान, बहस तथा छलफल गरी निस्केको निष्कर्षलाई एकीकृत रुपमा प्रकाशन गर्ने उद्देश्य राखिएको छ ।सम्भव भएसम्म नेपाली नाटकलाई अंग्रेजी भाषामा अनुवाद गरी प्रकाशन गर्ने लक्ष्य पनि छ ।

सेमिनारको मुख्य सहयोगीका रुपमा पोखरा प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धकमा गण्डकी प्रज्ञा प्रतिष्ठान तथा प्रायोजकमा पोखरा मा.वि वगर, जुनियर सिटिजन एकेडेमी, ग्लोवल कलेजिएट रानीपौवा, प्रगति मा.वि बाटुलेचौर, गुप्तेश्वर गुफा व्यवस्थापन समिति छोरेपाटन लगायतका संस्था छन् ।

नेपाली कला, कौशल, सङगीत, नाटक, रङगमञ्च तथा समग्र संस्कृति एवम् नेपाली साहित्यको श्रीबृद्धि गर्ने उद्देश्यले २०७८ सालमा स्थापित प्रतिष्ठानले सेमिनार गर्न लागेको हो।

नाट्य प्रतिष्ठानका अध्यक्ष प्रा.डा पोखरेललेको अध्यक्षतामा भएको उक्त कार्यक्रम सचिव राजेशकुमार घिमिरेले संचालन गर्नुभएको थियो । सेमिनारलाई निकै अर्थपूर्ण एवम् साहित्यकारको जमघटका रुपमा समेत हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

कृपाको चिसो बतास बजारमा
पौडेलको ‘जून ओर्लेको रात’ लोकार्पण
लोकजीवनका भाका सुसेल्ने वसन्त
पञ्चेबाजा बजाउने बागलुङका आमाहरू

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
24 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.35
Indian Rupee 
Indian Rupee
85.18
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
143.22
US Dollar 
US Dollar
1
24 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀