पोखरा, २१ वैशाख ।पोखरा महानगरपालिका वडा नं.११ कालिखोला देखी काँहुकोटसम्म पुग्ने कालिखोला–काहँुकोट अग्र्यानिक पदमार्ग निर्माण गरिने भएको छ ।
पदमार्गको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधवार शिलान्यास गर्नुभएको हो ।
कालिखोलादेखी काँहुकोटसम्म १.८ कि.मि लम्बाईको अग्र्यानिक प्रकृतिको पदमार्ग निर्माण गर्न लागिएको प्रमुख आचार्यले बताउनुभयो ।
“पोखरा आसपासमा थुप्रै पदमार्गहरू छन्, तिनीहरूलाई व्यवस्थित गर्दै नयाँ निर्माण पनि गर्नु पनि आजको आवश्यकता हो, प्रमुख आचार्यले भन्नुभयो, अव निर्माण गरिने पदमार्गहरू स्थानीय विशेषता झल्कने र पहिचान सहितका हुनेछन्, त्यस कारण यसलाई हामीले अग्र्यानिक पदमार्ग भनेका छौँ, यो पदमार्गमा यात्राका क्रममा अग्र्यानिक उत्पादनहरूको स्वाद लिन सकिनेछ ।”
निर्माण समितिका अध्यक्ष तीर्थ बहादुर बस्नेतका अनुसार पदमार्ग स्थानीय कटिङ् डुङ्गाले निर्माण गरिनेछ, भने, ६ इन्च अग्ला ४ हजार सिँढीहरू निर्माण गरिनेछन् ।
विभिन्न ४ स्थानमा कफिसप सहितका विश्राम स्थलहरू हुनेछन् भने, १० स्थानमा भ्युपोइन्टहरु निर्माण गरिनेछन् । १० फिट चौडाइको पदमार्गको बिचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिने उहाँले बताउनुभयो ।
१ घण्टा १५ मिनेटमा पुग्न सकिने पदमार्गको सुरुवाती बिन्दु कालिखोलामा प्राकृतिक पौडी पोखरी निर्माण गरिने छ । पहिलो चरणमा ३० लाख बजेट विनियोजन भई काम भइरहेको पदमार्ग २०८० सालभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
भर्खरै
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
नेपालमा पहिलो पटक ‘सफल फ्रेश पनिर’ थर्मोफर्मिङ प्याकमा उपलब्ध
पिसीएमका विद्यार्थीले सिके मिडियासँग समन्वय गर्ने कला
सोह्र वर्ष विदेश बसेका दिलचन ड्रागनफ्रुट खेतीमा रमाउँदै
पोखरा कलेज अफ म्यानेजमेन्टमा नमूना पत्रकार सम्मेलन
रहेनन्, गजलकार पङ्गेनी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं