पोखरा, ९ वैशाख । वैशाख १० गते हुने उपनिर्वाचनलाई लक्षित गरी विभिन्न स्थानका सडक बन्द गरिने भएको छ ।
आज बसेको जिल्ला सुरक्षा समिति तनहुँको बैठकले पृथ्वी राजमाग सहित अन्य केही सडक बन्द गर्ने निर्णय गरेको हो ।
१० गते आइतबार पृथ्वी राजमार्गमा पर्ने तनहुँ जिल्लाको क्षेत्र नं १ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुँदैछ ।
निर्वाचनलाई लक्षित गरी बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिङ पुलदेखि व्यास नगरपालिकाको चापाघाट ( मादी नदीको पुलको पश्चिम भाग) सम्म, डुम्रे– वेशीसहर सडक खण्ड, आँबुखैरेनी – गोरखा सडक खण्ड, दमौली–दुईपिप्ले लगायतका सडक बन्द गरिने भएको छ ।
ती सडकमा दमकल, एम्बुलेन्स, खानेपानीको ट्यांकर, दुध बोक्ने सवारी साधन, शवबाहन, फोहोर मैला ओसार्ने सवारी, अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, अस्पतालको परिचय पत्रसहित चलेका सवारी साधन र सूचना तथा प्रशारण विभागबाट जारी प्रेस पास भएका पत्रकार चढेका सवारी साधन बाहेक सबै प्रकारका सवारी साधनहरु पूर्ण रुपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय तनहुँको सूचनामा उल्लेख छ ।
तनहुँ जिल्ला भएर चल्ने रात्री बसहरु भने १० गते बिहान चार बजे अगावै जिल्ला पार गरिसक्नु पर्ने सूचनामा जनाइएको छ ।
भर्खरै
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं