पोखरा, ७ वैशाख । अञ्जुली आवासीय माध्यामिक विद्यालय र न्यू ग्यालेक्सी इंगलिस सेकेण्डकरी वोर्डिड्ड स्कूलको संयुक्त आयोजनामा दुई दिने शिक्षक तालिम सम्पन्न भएको छ ।
शिक्षण अभ्यासलाई गुणस्तर बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको न्यू ग्यालेक्सी इंगलिस सेकेण्डकरी वोर्डिड्ड स्कूलका संस्थापक निर्देशक राजु कायस्थले जानकारी दिनुभयो । तालिममा ३२ जना शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो ।
तालिममा पूर्वबाल्यकाल शिक्षा, बाल विकास तथा मस्तिष्क विकास, कक्षा व्यवस्थापन, सिकाई तौरतरिका, पाठ्ययोजना र पाठ्यक्रम मूल्याड्डन सम्वन्धित विविध विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा कल्पवृक्ष एजुकेशन फाउण्डेशनकी निर्देशक प्रतिक्षा गौतमले सहजीकरण गर्नुभएको थियो ।
‘शिक्षण अभ्यास मार्फत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि यो तालिम आयोजना गरिएको हो’ अञ्जुली आवासीय माध्यामिक विद्यालयका संस्थापक निर्देशक राजु केसीले भन्नुभयो,‘ शैक्षिक गुणस्तर वृद्धिका लागि तालिम कोषेढुड्डा सावित हुने छ ।’
यस अघि तालिमको उद्घाटन गर्दै नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले शैक्षिक गतिविधिलाई चुस्त वनाउनका लागि यस्ता तालिमको खाँचो रहेको बताउनुभयो ।
हिसान गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष डा. रामजी शर्माले सिकाइ कहिल्यै नसकिने बताउँदै समय अनुकूलको शिक्षा प्रदान गर्न तालिम आवश्यकता रहेको बताउनुभयो । अञ्जुली र न्यू ग्यालेक्सीले बेला बेलामा शिक्षकहरुलाई तालिम प्रदान गर्दै आएको छ ।
भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं