पटनाबाट भारतीय शहरमा प्रवद्र्धन सुरु

पटनाबाट भारतीय शहरमा प्रवद्र्धन सुरु

b2b patana

–वासुदेव पौडेल

पटना(भारत), ४ वैशाखः नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको आयोजना एवम् पोखरा महानगरपालिकाको सहयोगमा भारतका प्रमुख शहरहरूमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ पोखराबाट हिडेको पर्यटन व्यवसायीको टोलीले पटनाबाट प्रवद्र्धनात्मक कार्यक्रम थालेको छ ।

कोभिड १९ को प्रभाव एवम् अन्य विभिन्न घटनाक्रमले पर्यटन क्षेत्र प्रभावित भैरहेका अवस्थामा नेपालको लागि महत्वपूर्ण पर्यटन स्रोत बजार भारतको पटना, बाराणासी, अयोध्या र गोरखपुर लगायतका शहरहरूमा प्रवद्र्धनात्मक कार्यक्रम गर्ने लक्ष्यका साथ २३ सदस्यी टोली पटना आइपुगेको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले जानकारी दिनुभयो ।

ʿपोखरा–नेपाल पर्यटन प्रवद्र्धन अभियान तथा बि२बी भेट २०२३ʾ नामक कार्यक्रममा पोखराका पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधि एवम् सञ्चारकर्मी सहित २३ जनाको सहभागिता छ ।

कार्यक्रमका क्रममा टोलीले पटना, बाराणासी, अयोध्या र गोरखपुरमा त्यहाँस्थित पर्यटन सम्बद्ध सरकारी, निजी संस्थाका प्रतिनिधि, ट्राभल्स टुर्स अपरेटर र पत्रकारहरूसँग पोखरा र गण्डकी प्रदेशका पर्यटकीय गतिबिधि समेटिएको श्रव्यदृश्य र त्यसको बारेमा जानकारी दिने प्रबद्र्धनात्मक सामाग्री बितरण गर्नेछ ।

भारतका आम सर्वसाधारणलाई पोखरा र नेपाल भ्रमण गर्न सुरक्षित र उपयुक्त रहेको भन्दै भ्रमणका लागि अनुरोध गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा पोखरा र गण्डकी प्रदेश पर्यटकका लागि सबै मौषममा भ्रमण गर्न उपयुक्त गन्तव्य हो भन्ने सन्देश प्रवाह गरिने बताउँदै नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले पोखरा धार्मिक शाहसिक, सास्कृतिक र मनोरञ्जनका लागि पनि महत्वपूर्ण शहर हो भन्ने सन्देश प्रवाह गरिने बताउनुभयो ।

“कार्यक्रमकै क्रममा पोखरा नेपालको पर्यटकीय राजधानी भन्ने सन्देश दिनेछौं”, उहाँले भन्नुभयो, “पोखरा अन्तराष्ट्रिय बिमानस्थल सञ्चालनसँगै अन्तराष्ट्रिय उडानका लागि भारतीय पर्यटन व्यबसायीहरूलाई प्रोत्साहित गर्नेछौं ।”

कार्यक्रमका अवसरमा बिश्वमै धार्मिक महत्व बोकेको शालिग्राम पाईने क्षेत्रका रुपमा गण्डकी प्रदेशको प्रवद्र्धन गरिने कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष किशोर दहाल बताउनुहुन्छ ।

भारतबाट आउने पर्यटकहरूलाई सिमा क्षेत्रमा हुने बाधा व्यबधानहरूका बारेमा जानकारी लिइने र सडक मार्गबाट सहज रुपमा यहाँको भ्रमण गर्न सकिने सन्देश प्रवाह गर्ने उहाँले बताउनुभयो ।

पोखरादेखि नेपालका भारतीय सीमाबर्ति शहरहरूमा हवाई सेवा शुरुवात भएको जानकारीसँगै छोटो दूरीमा नै बिश्वकै आठ हजार मिटर भन्दा बढि उचाईका हिम श्रृखलाहरूको अबलोकन गर्न सकिने समेत जानकारी गराउने कार्यक्रमको लक्ष्य छ ।

कार्यक्रमले पोखरा, गण्डकी प्रदेश लगायत नेपालकै पर्यटन प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ । भारतका प्रमुख शहरहरूमा गर्न लागिएको यो कार्यक्रम फलदायी बन्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पोखरा देशकै प्रमुख पर्यटकीय गन्तव्य भएका कारण यहाँको पर्यटकीय विकासलाई महानगरपालिकाले प्राथमिकतामा राखेको पोखरा महानगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले बताउनुभयो । पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई महानगरपालिकाले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।

भारतका विशेषतः सीमावर्ती क्षेत्रबाट वर्षेनी ठूलो संख्यामा भारतीय पर्यटक पोखरा आउने गर्दछन् । गण्डकी प्रदेशमा रहेका पोखराको विन्ध्यवासिनी, तालबाराही, गुप्तेश्वर महादेव मन्दिरका साथै हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर, बाग्लुङको बाग्लुङ कालिका, म्याग्दीको गलेश्वरधाम भारतीय पर्यटकको रोजाइमा पर्ने गर्दछ । पछिल्ला समयमा पोखरा आसपासका मर्दी हिमाल पदयात्रादेखि अन्नपूर्ण आधार शिविरसम्मको पदयात्रामा पनि भारतीय पर्यटकको आकर्षण बढेको छ ।

भारतीय प्रधानमन्त्रीले मुक्तिनाथको दर्शन भ्रमण गरेसँगै मुक्तिनाथ जाने भारतीय पर्यटकको संख्या ह्वात्तै बढेको थियो । बीचको समयमा कोरोनाले पर्यटन प्रभावित भए पनि आगामी दिनमा भारतीय पर्यटकको आगमन पुनः बढ्ने विश्वास लिइएको छ ।

भारतमा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको गलेश्वरधाम कालीगण्डकीबाट हालै ल्याइएका दुई देवशिलाले पनि गण्डकी क्षेत्रप्रति भारतीयको श्रद्धा भक्ति बढाएको छ ।

देवशिला ल्याउने क्रममा स्थानीयले बाटो–बाटोमा श्रद्धाभक्तिपूर्व पूजाआजा गरेका थिए । देवशिलाको दर्शनका लागि भारतका विभिन्न स्थानबाट सर्वसाधारणहरू अयोध्यामा पुगको समाचारहरू सम्प्रेषण भएका थिए ।

अध्योध्या सहितका शहरमा गर्न लागिएको यस प्रवद्र्धनात्मक भ्रमणले पोखरा सहित गण्डकी प्रदेशमा भारतीय पर्यटकको आगमन बढ्ने विश्वास लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

नेपाल अपडेट

बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी

अमेरिका अपडेट

Loading...
Rastra · USD/EUR · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
133.97
Indian Rupee 
Indian Rupee
83.69
US Dollar 
US Dollar
1
Euro 
Euro
0.92
British Pound 
British Pound
0.78
Australian Dollar 
Australian Dollar
1.52
Japanese Yen 
Japanese Yen
154.7
US Dollar 
US Dollar
1
Rastra · USD · 27 Jul 
Nepal Rastra bank
Check: 27 Jul 2024 00:40 UTC
Latest change: 26 Jul 2024 18:19 UTC
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀