महेन्द्रपुलमा संसारका झन्डाहरू फहराउने गरी झन्डा पार्क निर्माण गर्दै महानगर

महेन्द्रपुलमा संसारका झन्डाहरू फहराउने गरी झन्डा पार्क निर्माण गर्दै महानगर

IMG_0821

पोखरा, २ वैशाख ।पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने भएको छ ।

लायन्स क्लब लफ इन्टरनेश्नलको आर्थिक सहयोगमा निर्माण गरिने उक्त पार्कको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्ष २०८० को अवसरमा शिलान्यास गर्नुभएको हो ।

पार्कको शिलान्यास गर्दै प्रमुख आचार्यले चार तहको प्यारा फिट शैलीमा निर्माण गरिने पार्कमा सबै देशको नाम सहितका पिल्लरहरु निर्माण गरिने र बिचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने बताउनुभयो ।

यसलाई सिकाइको केन्द्रका रूपमा समेत विकास गरिने उहाँले बताउनुभयो । “यहाँ पत्रपत्रिका पढ्ने व्यवस्था पनि मिलाइनेछ, अनलाइनमा पढ्न चाहनेहरूका लागि कम्प्युटरहरूको समेत व्यवस्था हुनेछ, प्रमुख आचार्यले भन्नुभयो, यो केवल रमाइलोका लागि मात्र होइन लर्निङ सेन्टरका रूपमा पनि रहनेछ ।”

पोखरा सौन्दर्यकरणको यस अभियानमा सहभागी हुन पाउँदा लायन्स क्लब अफ इन्टरनेश्नल डिस्ट्रिक्ट (३२५ क्ष्, व्, प्, ी, ः ) का गर्भनरहरुले खुसी व्यक्त गर्नुभएको छ  ।

लायन्स क्लब अफ इन्टरनेश्नलका (डिस्ट्रिक्ट ३२५ ः) का गभर्नर धनिराम बरालले यसले पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचार प्रसार गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरामा निर्माण गरिने झन्डा पार्कमा आफ्नो देशको झन्डाको मुनी बसेर फोटो खिच्न पाउँदा कुनै पनि देशको नागरिकले गौरव महसुस गर्ने वातावरणको सृजना हुने लायन्स क्लब अफ इन्टरनेश्नलका (डिस्ट्रिक्ट ३२५ क्ष्) का गभर्नर राम बहादुर बसेलले बताउनुभयो ।

लायन्स क्लब अफ इन्टरनेश्नलका (डिस्ट्रिक्ट ३२५ व्) का गभर्नर धुव्र बहादुर श्रेष्ठले यसको निर्माण पश्चातको दिगोपनमा जोड दिनुभयो ।

पोखरा महानगरपालिका वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्गले पोखरा महेन्द्रपुलमा निर्माण गरिने झन्डा पार्क पर्यटकहरूको हबका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नं.९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीले अन्तर्राष्ट्रिय झन्डा पार्क महानगरको नेतृत्वले देखेको एउटा जीवित सपना साकार हुने अवस्थामा रहेको बताउनुभयो ।

संयुक्त राष्ट्रसंघमा आबद्ध १९५ सहित पोखरा महानगरपालिका, लायन्स र एनआरएनएको समेत गरी तत्कालका लागि १९७ झन्डाहरू एकै स्थानमा राख्ने गरी पार्कको डिजाइन गरिएको निर्माणको जिम्मा पाएको कम्पनी सर्गले जनाएको छ ।

पार्क निर्माणका लागि लायन्स क्लब अफ इन्टरनेश्नलका डिस्ट्रिक्टहरुले ७० लाख बराबरको आर्थिक सहयोग प्रदान गर्नेछन् । झन्डा पार्क ४५ दिनमा निर्माण सम्पन्न गर्ने निर्माण कम्पनीले जनाएको छ ।

महेन्द्रपुलको अर्को भागमा भने गैर आवासीय नेपाली संघ एनआरएनएको सहयोगमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
12 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
144.6up
Indian Rupee 
Indian Rupee
90.33up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.85down
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.5
Japanese Yen 
Japanese Yen
155.82down
US Dollar 
US Dollar
1
12 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 11 Dec 2025 19:20 UTC
Latest change: 11 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀