पोखरा, ३० चैत । बर्दिया पोखरा सम्पर्क समाजको तेस्रो अधिवेशन तथा पाँचौं साधारण सभाले केशवराज पौडेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको वरिष्ठ उपाध्यक्ष सुरेशराज सुवेदी, उपाध्यक्ष पुष्पा मरासिनी, महासचिव तोया अधिकारी, सचिव पदमप्रसाद ढकाल, कोषाध्यक्ष रामप्रसाद अधिकारी, सहकोषाध्यक्ष विन्दु अधिकारी हुनुहुन्छ । सदस्यहरुमा उषा रिमाल, सीता थारु, दर्पण थारु, रंगिला बास्तोला, ज्योति थारु, सागर पौडेल, कृष्ण देवकोटा र ईश्वरी श्रेष्ठ रहनुभएको छ ।
कार्यक्रमको उद्घाटन पछि बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य सचिव विनोदविन्दु शर्माले समाजले बर्दिया र पोखरालाई भावनात्मक रुपमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो ।
कार्यक्रममा बर्दियामा लामोसमय शैक्षिक सेवा प्रदान गरेका अग्निधर सुवेदी, ज्येष्ठ नागरिक गंगाराम पौडेल र समाजका संस्थापक सदस्य शिशिर कंडेललाई सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष दीपक पौडेल, पूर्ण शर्मा, निलबहादुर अधिकारी, गोविन्द अधिकारी लगायतले बोल्नुभएको थियो । समाजले नियमित वर्ष प्रकाशन गर्दै आइरहेको भित्तेपात्रो २०८० को विमोचन गरियो ।
भर्खरै
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं