पोखरा, २७ चैत । तालचोक–बेगनास सडक–खण्डको सोमबार शिलान्यास गरिएको छ ।
वर्ल्ड बैङ्कको सहयोगमा स्तरोन्नति गर्न लागिएको उक्त सडकको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको हो ।
निकै लामो समयदेखि निर्माणको चर्चा चलिरहेको यस सडक खण्डको निर्माण पछिल्लो पटक तोकिएको समय भित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई प्रमुख आचार्यले निर्देशन दिनुभयो ।
आगामी २०८१ साल चैत्र २६ गते यो सडकको उद्घाटन गरिने उहाँले अठोट व्यक्त गर्नुभयो । तोकिएको समयमा लक्ष्य अनुसारको काम गर्न कन्ट्याक्टर र कन्सल्टेन्ट दुवैलाई निर्देशन दिँदै उहाँले यसमा कुनै वाहाना बाजी नचल्ने प्रस्ट पार्नुभयो ।
निर्माण व्यवसायी नारायण भुसालले तोकिए कै समयमा आफूले पाएको जिम्मेवारी पुरा गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
परियोजनाका परामर्शदाता लक्ष्मण आचार्यले लामो समयदेखि योजना अलपत्र पर्दा स्थानीयहरूले निकै सास्ती खेप्नु परेको भन्दै अव यसलाई तोकिए कै समय भित्र नै सम्पन्न गरी विद्यमान समस्याको समाधान गरिने विश्वास दिलाउनुभयो
पोखरा महानगरपालिका वडा नं.२७ का वडा अध्यक्ष पूर्ण कुमार गुरुङले सडकको स्तरोन्नति सँगै व्यवस्थित बसपार्क समेत निर्माणमा जोड दिनुभयो ।
यस परियोजनामा वर्ल्ड बैङ्कले रु.१ अरब ४९ करोड १५ लाख लगानी गर्नेछ । ३.२८ कि.मी लम्बाइको तालचोक बेगनास सडक हरियाली, फुटपाथ, साइकल ट्र्याक र डिभाइडर सहित चार लेनको हुनेछ । यस खण्डमा ५ वटा पुलहरू निर्माण गरिनेछन् ।
सडकको बिचमा १.५ मिटर चौडाइको डिभाइडर, दुवै छेउमा २.५ मिटर चौडाइको पार्किङ, दुवै छेउमा १ मिटर चौडाइको हरियाली क्षेत्र, दुवै छेउमा नाली माथि २ मिटर चौडाइ फुटपाथ र सडकमा ४ सेमी मोटाइको अस्फाल्ट पिच गरिनेछ ।
सडक निर्माणको ठेक्का स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी, काठमाडौँले पाएको छ । उसले अनुमानित रकम भन्दा ३८.६४ प्रतिशत कम ७५ करोड ४८ लाख ६७ हजार ८७३.९४ रुपैयाँमा ठेक्का पारेको हो ।
निर्माण कम्पनीसँग सम्झौता भएको मितिले ७३० दिनमा सम्पन्न गर्ने गरी ४ जुलाई २०२२ मा सम्झौता भैसकेको छ ।
भर्खरै
बङ्गलादेशबाट फर्किएका विद्यार्थीको परराष्ट्रमन्त्रीसँग आग्रह–साथीहरुको सुरक्षा होस्
पूर्वराज्यमन्त्री हत्या घटनास्थल नजिकैबाट रगत लत्पत्तिएको ‘फरसा’ बरामद
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा प्रधानमन्त्री : ओली
विपद्का बेला सक्रियता बढाउन गृहमन्त्री लेखकको निर्देशन
प्रेस काउन्सिल विधेयक नियन्त्रणमुखी भएको दावी
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं