व्यवसाय मैत्री पार्किङ व्यवस्थापन हुनुपर्ने व्यवसायीहरुको माग

व्यवसाय मैत्री पार्किङ व्यवस्थापन हुनुपर्ने व्यवसायीहरुको माग

IMG_20230402_132622

पोखरा, १९ चैत । पोखरा उद्योगी÷व्यवसायीहरुले सहरको मुख्य सडक क्षेत्रमा पार्किङ निषेध हैन व्यवस्थापन गर्नुपर्ने माग दोहो¥याउनु भएको छ ।

मान्छेको आवागमन नै सहरको विशेषता भएको बताउँदै उहाँहरुले व्यापार÷व्यवसाय नै ठप्न हुनेगरी न्यूरोडलगायतका क्षेत्रको सडक खाली गराउन नहुने जिकिर गर्नुभयो ।

पोखरा महानगरपालिकाले न्यूरोडसहित पोखराका मुख्य सडक क्षेत्रमा पार्किङ निषेध अभियान चलाएको सन्दर्भमा उहाँहरुको यो भनाइ  आएको हो ।

पोखरा उद्योग वाणिज्य संघले आइतबार पोखराको ट्राफिक व्यवस्थापनबारे आयोजना गरेको अन्तरक्रियामा बोल्ने अधिकांश वक्ताहरुले ट्राफिक प्रहरीको व्यवहार,सडक सुरक्षा एवं पार्किङ व्यवस्थापनबारे विभिन्न धारणाहरु राख्नुभयो ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले यातायात क्षेत्र व्यवस्थित हुनु्पर्नेमा दुईमत नभए पनि नागरिकलाई अप्ठेरो पार्ने काम हुन नहुनेमा जोड दिनुभयो ।

यातायात व्यवस्था कार्यालय कास्की ( सवारी) का प्रमुख डिल्लीराम रिजालले आफ्नो कार्यालयले १५ मिनेटभित्र सेवाग्राहीलाई सेवा दिने गरेको जिकिर गर्नुभयो ।

कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर चन्दले पोखरामा पार्किङको समस्या चुनौतीपूर्ण हुँदै गएको,ट्राफिक लाइट राखेर पनि चलाउन हम्मे परेको बताउँदै सुरक्षित र व्यवस्थित ट्राफिक व्यवस्थापनको लागि आफू क्रियाशिल रहेको उल्लेख गनु्ृर््भयो ।

सोही कार्यालयका वरिष्ठ सइ तथा प्रवक्ता शिवप्रसाद पाठकले पोखराका सवारी चालकहरुमा ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति डरलाग्दो भएको बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष देवेन्द्र केसीको धन्यवाद र महासचिव बलराम आचार्यको संचालन गर्नुभएको कार्यक्रममा बोल्दै व्यवसायी मनोहर श्रेष्ठले पोखराको न्यूरोडमा पार्किङ गर्न पाउनुपर्ने माग जोडतोडले उठाउनुभयो ।

अर्का व्यवसायी सिरोज कोइरालाले सहरमा मान्छेको आवागमन रोक्ने गरी नीति नियम बनाउन नहुने बताउनुभयो ।

पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बालकृष्ण कोइरालाले ट्राफिक प्रहरीले विभिन्न ठाउँमा भन्सारकै शैली चेकजाँच गर्ने र रकम बुझाउनेहरुलाई उन्मुक्ति दिने गरेको आरोप लगाउनुभयो ।

अर्का कार्यसमिति सदस्य दीलिप श्रेष्ठले सामान ढुवानी गर्ने साधनहरुमा छत,ढोका राख्न पाउनुपर्ने र यसअघि भएका निर्णयहरु कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

यस्तै कार्यसमिति सदस्य कृष्णप्रसाद कोइराला,राम कँडेल,सु्दीप ओझा, टीकाराम सुवेदी,युवकबहादुर बस्नेतलगायतले लेकसाइड क्षेत्रमा गरिने सवारी चेकजाँचले व्यवसायीहरुलाई त्रसित बनाइएको, फर्निचरका सामानहरु ढुवानी गर्दा ट्राफिकले दुःख दिने गरेको,यातायात कार्यालयमा ढिलो काम हुने गरेकोलगायतका गुनासाहरु राख्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
23 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 22 May 2025 18:45 UTC
Latest change: 22 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
137.61up
Indian Rupee 
Indian Rupee
85.96up
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.56
Japanese Yen 
Japanese Yen
143.64up
US Dollar 
US Dollar
1
23 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 22 May 2025 18:45 UTC
Latest change: 22 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀