सातौं पोखरा स्पोर्ट्स अवार्डको तयारी तीव्र

सातौं पोखरा स्पोर्ट्स अवार्डको तयारी तीव्र

1679643333547

पोखरा, १० चैत । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को तयारी तीव्र पारिएको छ ।

आगामी वैशाख २३ गते शनिवार पोखरा सभागृह हलमा आयोजना गरिने अवार्ड कार्यक्रमलाई सफल बनाउन शुक्रबार मञ्चका पूर्व अध्यक्ष, सल्लाहकार सहितको छलफल बैठक सम्पन्न भएको छ ।

बैठकमा अवार्ड कार्यक्रमलाई कसरी व्यवस्थित रुपमा सम्पन्न गर्ने भन्नेबारेमा छलफल भएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।

मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको छलफल बैठकमा संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवाली, पूर्व अध्यक्ष तथा सल्लाहकार विनोद लामिछाने, पूर्व अध्यक्ष केशव पाठक, सल्लाहकार रञ्जन अधिकारी क्षेत्री, पूर्व सल्लाहकार सन्देश श्रेष्ठ, वर्तमान उपाध्यक्ष सुरज श्रेष्ठ, सचिव शशीकुमार पौडेल, कोषाध्यक्ष कविता घर्तीमगर, सदस्य राजु गिरी, सुदर्शन रञ्जित, सागरराज तिमिल्सिना लगायतले अवार्ड बारे विभिन्न सुझाव दिनुभएको थियो ।

गण्डकी प्रदेशकै गौरवको रुपमा रहेको अवार्ड कार्यक्रमको निरन्तरतासँगै यसको गरिमालाई थप उचाइमा पु¥याउन गर्नुपर्ने तयारीको बारेमा छलफल भएको मञ्चका प्रवत्ता समेत रहेका महासचिव पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रमलाई भव्य बनाउन तथा मञ्चमा आवद्ध सबै सदस्यलाई सक्रिय बनाउन शनिबार भेलाको आयोजना समेत गरिने भएको छ । सोही भेलाबाट विभिन्न उपसमिति गठन गरेर तयारी थप तीव्र पारिने मञ्चले जनाएको छ ।

सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ ।

अवार्ड कार्यक्रमलाई सफल बनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका लगायतले सहयोग गर्ने तय भैसकेको छ ।

यसैगरी उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

इस्लाम धर्मावलम्बीहरु ‘ईद-उल-फित्र’ मनाउँदै
बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध

अमेरिका अपडेट

Loading...
24 May · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
136.35
Indian Rupee 
Indian Rupee
85.18
US Dollar 
US Dollar
1
Euro 
Euro
0.88
British Pound 
British Pound
0.74
Australian Dollar 
Australian Dollar
1.55
Japanese Yen 
Japanese Yen
143.22
US Dollar 
US Dollar
1
24 May · FX SourceRastra 
Nepal Rastra bank
Check: 24 May 2025 00:20 UTC
Latest change: 23 May 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀