आँधीखोला सामुदायिक वनको अध्यक्षमा क्षेत्री

आँधीखोला सामुदायिक वनको अध्यक्षमा क्षेत्री

photo fekofan

पोखरा, ९ चैत । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आँधीखोला गाउँपालिका स्याङजाको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले देव बहादुर क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्वत चयन गरेको छ ।

पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा डिलकुमारी लामिछाने, सचिवमा कल्पना पौडेल, कोषाध्यक्ष कुलप्रसाद पोख्रेल, सहसचिव विष्णुप्रसाद पौडेल र सदस्यहरुमा कल्पना सुनार,रुद्र केसी, भिमप्रसाद पौडेल,मेघनाथ ढकाल, सुनिता ढकाल,भीमा पौडेल, नारायणप्रसाद अधिकारी, विष्णुप्रसाद सुवेदी, टुका रिमाल रहनु भएको छ ।

आँधीखोला गाउँपालिकाका अध्यक्ष विश्वराज पौडेलले अधिवेशनको उद्घाटन गर्दै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर वन पैदावारको सहजरुपमा उपयोग र निकासी सहज बनाउनु पर्ने आवश्यकता औल्याउनुभयो ।

गाउँपालिकाका उपाध्यक्ष एवम् सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका सदस्य सिता थापाले नेतृत्व विकाससंगै आयआर्जनका कार्यक्रम सञ्चालनमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्यव्दय तारा शर्मा र हरि बाँस्तोलाले उपभोक्ताले संरक्षण, प्रवद्र्धन र विकासमा अमूल्य योगदान पु¥याउदै वनलाई आम्दानी श्रोतका रुपमा विकास गर्न तीनै तहका सरकार जिम्मेवार भएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासंघ स्याङजाका अध्यक्ष दोव बहादुर कार्कीले सामुदायिक वनको अभियानमा सबैको साथ र सहयोगको अपेक्षा गर्दै वन तथा वातावरण संरक्षणमा स्थानीय तह जिम्मेवार हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।

स्थानीय महासंघका अध्यक्ष देव बहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश महासंघ सचिवालय सदस्य उमाकान्त शर्मा, सदस्य आँशु विश्वकर्मा, पुतलीबजार महासंघका उपाध्यक्ष तिलकुमारी रेग्मी, स्थानीय महासंघ उपाध्यक्ष भक्तबहादुर केसी, सचिव सिता नेपाली लगायतले सामुदायिक वनको महत्व माथि चर्चा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
09 Nov · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 09 Nov 2025 00:35 UTC
Latest change: 08 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
141.86
Indian Rupee 
Indian Rupee
88.62
US Dollar 
US Dollar
1
Euro 
Euro
0.87
British Pound 
British Pound
0.76
Australian Dollar 
Australian Dollar
1.54
Japanese Yen 
Japanese Yen
153.03
US Dollar 
US Dollar
1
09 Nov · FX SourceRastra 
Nepal Rastra bank
Check: 09 Nov 2025 00:35 UTC
Latest change: 08 Nov 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀