रेवान कपको उपाधी नवीनलाई, डबल्सतर्फ अनुज र नवीन विजयी

रेवान कपको उपाधी नवीनलाई, डबल्सतर्फ अनुज र नवीन विजयी

final 2

चैत, ५ पोखरा । नवीन श्रेष्ठले तेस्रो संस्करणको रेवान पोखरा कप भेट्रान्स टेनिस प्रतियोगिताको उपाधि जित्नु भएको छ । आइतबार भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन राजन पौडेललाई पराजित गर्दै नवीनले पहिलोपटक यो उपाधि आफ्नो नाम गराउनुभयो ।

कास्की जिल्ला टेनिस संघको आयोजना तथा रेवान पोखराको मुख्य प्रायोजनमा पोखरा रंगशालामा सम्पन्न प्रतियोगितामा पहिलो सेटमा ४–२ ले पछि परेका पौडेलले उत्कृष्ट कमब्याक गर्दै ४–६ ले खेल आफ्नो पक्षमा पार्नुभयो । तर दोस्रो र तेस्रो सेट गुमाउँदा पौडेलले उपविजेतामै चित्त बुझाउनुभयो । नवीनले दोस्रो सेट ६–२ ले तथा तेस्रो सेट सुपर टाइमा ९–२ ले आफ्नो पोल्टामा पार्नुभयो ।

त्यसैगरी मेन्स डबल्सतर्पmको उपाधि अनुज कुमार बाँस्तोला र नवीन श्रेष्ठको जोडीले जितेको छ । गोपीबहादुर भट्टराई र सूर्यबहादुर भुजेल विरुद्धको फाइनल खेलमा ६–१, ६–१ को सहज नतिजा निकाल्दै अनुज र नवीनको जोडिले उपाधि आफ्नो पक्षमा पार्नुभयो ।

जितसँगै विजयी खेलाडीले नगद रु १० हजार तथा उपविजेता खेलाडीले नगद रु ५ हजार सहित ट्रफि पुरस्कार प्राप्त गर्नुभयो । प्रतियोगितामा नवप्रवेशी तर्फ दुर्गा सुनार विजेता तथा सिरोज कोइराला उपविजेता हुनुभयो । उहाँहरुले ट्रफि पुरस्कार प्राप्त गर्नुभयो ।

प्रतियोगिता समापन समारोहका प्रमुख अतिथि रेवान पोखराका वरिष्ठ उपाध्यक्ष विश्वराज पौडेलले विजयी खेलाडीहरुलाई एक समारोहका विच नगद तथा ट्रफि पुरस्कार वितरण गर्नुभयो ।

विशेष अतिथि नेपाल प्रहरीका पूर्व डीआइजी केशव अधिकारीले खेलक्षेत्रमा पोखरा नेपालमै अग्रणी रहेको बताउनुभयो ।

अर्का अतिथि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष सुनिल गुरुङ्गले टेनिसमा पोखराले अभूतपूर्व सफलता प्राप्त गर्दै गएको उल्लेख गर्नुभयो ।

कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङको अध्यक्षतामा भएको समापन समारोह संघका केन्द्रिय उपाध्यक्ष विनोद कायस्थ, जिल्ला उपाध्यक्ष नवीन चालिसेले लगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

Loading...
06 Dec · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 06 Dec 2025 00:45 UTC
Latest change: 05 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
143.98
Indian Rupee 
Indian Rupee
89.94
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.51
Japanese Yen 
Japanese Yen
155.15
US Dollar 
US Dollar
1
06 Dec · FX SourceRastra 
Nepal Rastra bank
Check: 06 Dec 2025 00:45 UTC
Latest change: 05 Dec 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀