महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम

महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम

Griha Sharmik

पोखरा, २४ फागुन । देशभर आज ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ ।

दिवसका अवसरमा ¥याली, अन्तरक्रिया, सहयोग हस्तान्तरण जस्ता विविध कार्यक्रम गरिएको छ ।

‘रोजगार तथा मर्यादित कार्यका लागि महिला हिंसा तथा दुव्र्यवहार रहित कार्यस्थलको निर्माण गरौं’ भन्ने मूल नाराका साथ नेपाल गृह श्रमिक संघ कास्कीले पनि विविध कार्यक्रम गरेको छ ।

संघले धुप बनाउने तालिम, पोखरा १७ स्थित मानव सेवा आश्रमका लागि खाद्यान्न, लत्ता कपडा, औषधी सहयोग र सम्मान कार्यक्रम गरेको अध्यक्ष गिता पंगेनी ले जानकारी दिनुभयो ।

कार्यक्रममा महिलाका क्षेत्रमा महत्वपूर्ण कार्य गरी योगदान गरेको भन्दै कुलदेवी बराल, लालीमाया रेग्मी, मिरादेवी आचार्य र माया लामिछाने सापकोटालाई सम्मान गरिएको छ ।

कार्यक्रममा बोल्दै संविधानसभा सदस्य शारदा पौडेलले देशका हरेक परिवर्तन, समाज रुपान्तरण र मुलुक निर्माणमा महिलाको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय सदस्य जित बहादुर गुरुङ, गण्डकी प्रदेश अध्यक्ष मुरारी शर्मा, कास्कीका अध्यक्ष विजयराज भण्डारीले हरेक क्षेत्रमा महिलाको सहभागिता आवश्यक रहेको बताउनुभयो ।

त्यस अवसरमा नेपाली काँग्रेसका महासमिति सदस्य रङ्गिला आचार्य, कोपिला तिवारी, नेपाली काँग्रेस कास्की सहसचिव नवीन सिग्देल, नेपाल कारागार श्रमिक संघका केन्द्रीय उपमहासचिव केशवराज भण्डारी, नेपाली काँग्रेस पोखरा १७ का अध्यक्ष देवराज आचार्य, नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका निवर्तमान अध्यक्ष कुलदेवी बराल, सचिव रुद्र तिमिल्सिना, नेपाल गृह श्रमिक संघ कास्कीकी संस्थापक अध्यक्ष लालीमाया रेग्मी, महिला नेतृ माया लामिछाने सापकोटा लगायतले बोल्नुभएको थियो ।

नेपाल गृह श्रमिक संघ कास्कीका अध्यक्ष गिता पंगेनीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सपना गिरीले स्वागत, सचिव ज्ञानु श्रेष्ठ र सदस्य विद्या पराजुलीले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रमका लागि सुजल डेरी, रारा आहा चाउचाउ र डावर जुसले सहयोग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भर्खरै

गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान

नेपाल अपडेट

सम्पर्कविहीन हायू परिवार पोखरामा सकुशल भेटियो

अमेरिका अपडेट

अमेरिका युनेस्कोबाट बाहिरिँदै

Loading...
29 Jul · Rastra · USD/EUR
Nepal Rastra bank
Check: 29 Jul 2025 01:00 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀
CurrencyPrice
Nepalese Rupee 
Nepalese Rupee
138.67
Indian Rupee 
Indian Rupee
86.63
US Dollar 
US Dollar
1
Euro 
Euro
0.86
British Pound 
British Pound
0.75
Australian Dollar 
Australian Dollar
1.53
Japanese Yen 
Japanese Yen
148.47
US Dollar 
US Dollar
1
29 Jul · FX SourceRastra 
Nepal Rastra bank
Check: 29 Jul 2025 01:00 UTC
Latest change: 28 Jul 2025 18:19 UTC
API: CurrencyRate
Disclaimers. This plugin or website cannot guarantee the accuracy of the exchange rates displayed. You should confirm current rates before making any transactions that could be affected by changes in the exchange rates.
You can install this WP plugin on your website from the WordPress official website: Exchange Rates🚀