Exif_JPEG_420
पोखरा, १० फागुन । आलु गाउँका रुपमा ख्याती कमाएको कास्कीको हेमजामा आगामी चैत २६ गतदेखि वैशाख ३ गतेसम्म ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुुपादुका खेलमैदान पोखरा २५ हेमजामा महोत्सव हुने छ ।
हेमजामा बसेको भेलाले सुविन श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ ।समिति महासचिवमा बसन्तकुमार श्रेष्ठ, सचिवमा चन्द्रमान श्रेष्ठ र कोषाध्यक्षमा मधुर कुँवर रहनु भएको छ । भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ ।
अर्थ संकलन उपसमिति संयोजकमा डम्बरबहादुर कुँवर, लेखा उपसमिति संयोजकमा राम सापकोटा, स्टल रेस्टुरेस्ट उपसमिति संयोजकमा राजेन्द्र थापा, आमा समूह परिचालन उपसमिति संयोजकमा उमा भुर्तेल, अतिथि सत्कार उपसमिति संयोजकमा शान्ता केसी, सांस्कृतिक उपसमिति संयोजकमा दानबहादुर थापा, सुरक्षा व्यवस्थापन उपसमितिको संयोजकमा डम्बरबहादुर अधिकारी हुनुहुन्छ ।
भेलाले पानी बिजुली उपसमिति संयोजकमा केशव गिरी, यातायात तथा पार्किङ उपसमिति संयोजकमा बिपिन थापा, बैंक तथा वित्तीय संघसंस्था समन्वय उपसमिति संयोजकमा कृष्ण पौडेल, स्वयंसेवक परिचालनमा अस्विन थापा, प्रचारप्रसार उपसमितिमा निराजन अधिकारी, झाँकी ¥याली व्यवस्थापनमा पार्वती बाँस्तोला, कृषि परिचालन उपसमितिमा जयराम तिमिल्सिना, प्राथमिक उपचारमा अनिल पौडेल, छपाइ तथा अनलाइन व्यवस्थापनमा नरेस सिरस र वैदेशिक समन्वयमा मनोज कार्की संयोजक रहनु भएको छ ।
वि.स २०६६ सालदेखि वार्षिक रुपमा चैतमा हुँदै आएको उक्त महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कालिन हेमजा गाविसले तथा तेस्रो संस्करणदेखि लगातार विष्णुपादुका क्लवले गर्दै आएको थियो । कोरोना भाइसरको संक्रमणका कारण विगत ३ बर्षदेखि स्थगित भएको महोत्सव यस बर्षदेखि निरन्तर दिन लागिएको हो ।
क्लबका अध्यक्ष सुविन श्रेष्ठको अध्यक्षतामा बसेको भेलाको सञ्चालन सचिव बसन्तकुमार श्रेष्ठले गर्नु भएको थियो ।

भर्खरै
लेकसाइडमा ‘बगैँचा रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा, परराष्ट्रमन्त्री डा. राणाद्वारा उद्घाटन
कास्कीको घाचोकमा पहिरोले पुरिएर २३ वर्षीय युवकको मृत्यु, सहप्रअ घाइते
पोखरामा डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ, ७५ लाख रूपैंया बराबर बरामद
पोखरामा जग्गा विवादमा श्रीमतीमाथि मुक्का, शव गन्हाउन थालेपछि छिमेकीलाई पत्तो
गण्डकीका मुख्यमन्त्री पाण्डे चीन प्रस्थान
काहुँखोलाले पोखरा २० भलाम र १३ काहुँमा दुई घरमा क्षति
ट्रेन्डिङ
पोखरा महानगरपालिका पूर्ण असफल – ११ वडाका अध्यक्ष
जनकपुरको माछा फेवातालको भन्दै विक्री गर्नेलाई कारवाहीको माग
पोखरामा भाँसियो सडक
हेमजाकी त्रिपाठीलाई अन्तर्राष्ट्रिस्तरको अवार्ड
यस्तो छ पोखराका विद्यालयलाई निर्देशन,पढौं
कास्की जिल्ला प्रशासनले भर्खरै जारी ग¥यो कडा निषेधाज्ञा, के के छ पढौं